६ वैशाख २०८१ बिहीबार
खेल

'भारत खतरनाक खेलाडी हुनसक्छ'

लन्डन- विश्व फुटबलको ध्यान यतिबेला चीनले तानेको छ। पछिल्लो समय चीनिया सुपर लिगका क्लबले खेलाडीका लागि खर्चेको ठूलो रकम विश्वभरका संचार माध्यमको आकर्षण बनिरहेको छ। तर आर्सनलका प्रशिक्षक आर्सेन वेंगरले सरुवा बजारमा भारत खतरानाक खेलाडीको रुपमा उदाउने भविश्यवाणी गरेका छन्।

६७ वर्षे फ्रान्सेली प्रशिक्षक वेंगरले खेलाडी सरूवा वजारमा भारत उदाउँदो शक्तिको रुपमा आउन सक्ने अनुमान गर्दै तत्काल सफलता भने पाउन नसक्ने जिकिर गरे।

‘मलाई लाग्छ यो प्रतिस्पर्धामा भारत पनि खरो उत्रने छ। आशा गरौं यो हुनेछ,’ आर्सनलका प्रशिक्षक वेंगरले भने।

क्रिकेटमा पागल मानिने देश भारतमा २०१३ बाट इन्डियन सुपर लिग सञ्चालनमा आएको छ। जसले पूर्व स्टार खेलाडीहरुलाई लोभ्याइरहेको छ। नर्वेका रक्षक जोन– आर्न रिसेले गत सिजन चेन्नई फुटबल क्लबबाट खेलेका थिए। चेन्नईले इटालीलाई विश्वकप जिताउन महŒवपुर्ण भुमिका निर्वाह गरेका रक्षक मार्को माटेराजीलाई पनि टोलीमा भित्रयाएको छ। उरुग्वेका स्ट्राइकर डिएगो फोर्लानले मुम्बई फुटबल क्लबबाट खेलेका थिए।

अनुभवी प्रशिक्षक वेंगरले आफ्नो अनुभव सुनाउँदै जापानी फुटबलले यहाँसम्म आइपुग्न लामो यात्रा तय गरेको बताए।

‘इङ्ल्यान्डमा व्यावसायिक फुटबल १ सय ५० वर्ष पहिले सुरू भएको थियो। यो अहिले पनि संघर्षरत अवस्थामै छ,’ आर्सनल आउनु अघि १९९५ देखि १९९७ सम्म नागोया ग्राम्पस इलाइटको टोलीलाई प्रशिक्षित गरेका वेंगरले थपे, ‘फुटबल संस्कार विस्तारै विकास हँुदै जान्छ। म १९९५ मा जापान जाँदा त्यहाँको व्यवसायिक लिग भर्खर (१९९३) सुरू भएको थियो। महंगा खेलाडी भित्रयाउने वित्तिकै व्यवसायिक फुटबल संस्कारको विकास हुने होइन। यसका लागि लामो सयम लाग्छ।’

प्रशिक्षक वेंगरले चीनले पनि महंगो रकममा खेलाडीमा भित्रयाउदैमा रातारात फुटबल संस्कार विकास गर्न नसक्ने बताए।

यही सरूवा वजारमा चीनिया क्लब साङ्घाई शेन्हुवाले अर्जेन्टिनाका स्ट्राइकर कार्लोस टेभेजलाई (८ करोड ९६ लाख  अमेरिकी डलर भन्दा) र साङ्घाई एसआइपिजीले  ब्राजिलियन मिडफिल्डर ओस्कारलाई (६ करोड ४० लाख अमेरिकी डलर भन्दा धेरै) ठूलो रकम तितेर भित्रयाएको छ। यी वाहेक युरोपियन लिगमा खेल्ने अन्य थुप्रै स्टार खेलाडीको नाम यतिबेला चीनिया लिगसँग जोडिन थालेको छ।

‘यसरीमात्र लिगलाई उचाईमा पुर्‍याउन सकिदैन। राम्रा फुटबल खेलाडीको पहिलो चाहना राम्रो लिगमा उत्कृष्ट खेलाडीसँग खेल्ने हुन्छ,’ उनले भने, ‘इङ्ल्यान्डमा हामी अझै संघर्ष गरिरहेका छौं। चीन यस मामलामा नयाँ छ। त्यहाँ फुटबल संस्कारको विकास भइसकेको छैन। यसले लामो समय लिन्छ। तर उनीहरु फुटबललाई प्रवर्द्धन गर्न लागिपरेका छन्। त्यहाँ फुटबल लोकप्रिय पनि छ। भारत अर्को नयाँ उदीयमान देश हो। त्यहाँ पनि यस्तै हुने आशा गर्न सकिन्छ।’

प्रकाशित: ८ माघ २०७३ ०४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App