coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पकाे ट्विटरमा एकैदिन ५० लाख फलोअर्स

वाशिंटन–डोनाल्ड ट्रम्पले अमेरिकाको ४५ औं राष्ट्रपतिका रुपमा सपथ लिएका ट्विटरमा उनलाई ५०  लाखले फलो गरेका छन्। उता बराक ओबामा राष्ट्रपतिबाट हटेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामाजिक संजालमा विश्वमा सबै भन्दा बढी फलो गरिने राष्ट्राध्यक्ष बनेका छन्।

ट्विटर, फेसबुक, यूट्युव र गुगलप्लसलगायतका सबै समाजिक संजालमा भारतीय प्रधानमन्त्री मोदीलाई फलो गर्नेको संख्या विश्वका सबै राष्ट्राध्यक्षभन्दा धेरै छन्। यसअघि यो कीर्तिमान ओबामाको नाममा थियो।

सपथ लिएसँगै ट्रम्ले गरेको भाषण फेसबुक लिंक र ट्विटरमा शेयर गरिएको थियो। शुक्रबार विहानसम्म अमेरिकी राष्ट्रपतिको आधिकारिक ट्विटर एकाउन्ट ओबामासँग थियो। जसलाई शुक्रबार दिउँसो नयाँ राष्ट्रपति ट्रम्पलाई बुझाइएको थियो। यसअघि राष्ट्रपतिमै कायम रहँदा ओबामाले गरेका सबै ट्विटलाई सुरक्षित एटदरेट पीओटीयुएस ४४ को नयाँ एकाउन्टमा राखिएको छ।

भारतीय प्रधानमन्त्री मोदीको फेसबुकमा तीन करोड ९२ लाख, ट्विटरमा दुई करोड, ६५ लाख, गुगलप्लसमा ३२ लाख र लिंक्डइनमा १९ लाख ९० हजार फलोअर्स छन्। इस्टाग्राममा मोदीका फलोअर्सको संख्या ५८ लाख र युट्युवमा ५९ लाख छन्। यसबाहेक मोदीको नाममा बनेको मोबाइल एपलाई पनि एक करोड भन्दा बढी मानिसले डाउनलोड गरिसकेका छन्।
 
 

प्रकाशित: ८ माघ २०७३ ०५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App