७ वैशाख २०८१ शुक्रबार
कला

थिएटर मलमा 'बेड नम्बर ९९'

काठमाडौं- सुन्धारास्थित थिएटर मलमा शुक्रबारदेखि नाटक 'बेड नम्बर ९९' मञ्चन भइरहेको छ। कथाकार महेशविक्रम शाहको कथालाई निर्देशक घनश्याम श्रेष्ठले नाटकीकरण गरेका  हुन्।

नाटक एक लोग्नेको कथा हो, जसले सँगैको अर्को बेड नम्बर ९८ को कथा बोल्छ, जो आफैमा हीनताबोधले ग्रस्त छ। ऊ आफ्नी स्वास्नीलाई शंका मात्र गर्छ। नाटकले यस्ता मनोरोगीको उपचार विधिलाई रोचक ढंगले प्रस्तुत गरेको छ।

'कथामा पाठकले पात्रको कल्पना गर्छ। नाटकमा पाठकले पात्रलाई देख्छ, महसुस गर्छ। यसर्थ, कुनै पनि कथाको नाटकीकरण हुनु भनेको कथाले दोस्रो जीवन पाउनु हो,' कथाकार शाहले भने। नाटकमा विकास जोशी, श्याम खड्का, शुष्मा कोइराला, रेनुका कार्की, सुशिला लक्ष्मी श्रेष्ठ, श्रीनेहा कोइराला, केशव रिजाल, शुभम गणेश पौडेल, सुमन कोइराला, अन्जनी भरतवाल, शंकर भण्डारी, अर्जुन पौडेल, अनुजा अधिकारी, उमेश कार्की, प्रजुला महर्जन लगायतले अभिनय गरेका छन्। नाटक माघ २९ गतेसम्म मञ्चन हुनेछ।

प्रकाशित: ९ माघ २०७३ ०३:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App