coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

राखेपद्वारा कार्यदल गठन

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद (राखेप)ले 'आठौं राष्ट्रिय खेलकुद पूर्वाधार तयारी अध्ययन कार्यदल' गठन गरेको छ। आठौं राष्ट्रिय खेलकुद २ वर्षपछि मध्यपश्चिममा हुँदैछ। राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार र तयारीसम्बन्धमा अध्ययन गर्न सुरेन्द्रबहादुर हमालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको राखेपले जनाएको छ।

हमाल राखेप कोषाध्यक्ष हुन्। ६ सदस्यीय कार्यदलको सदस्यमा राखेप सदस्य शान्ति सिंह, विनोदकुमार मैनाली, युवा तथा खेलकुद मन्त्रालयका एक प्रतिनिधि, राखेपअन्तर्गत निर्माण तथा मर्मत शाखाका विश्वामित्र सन्जेल सदस्य छन्। मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली सचिव छन्।

अध्यक्ष भीम ओलीले आठौं राष्ट्रिय खेलकुदको तयारीलाई योजनाबद्ध रुपमा अघि बढाउन कार्यदलले सहयोग गर्ने बताए। उनले भने, 'विगतभन्दा राष्ट्रिय खेलकुदमा खेलकुदको संख्या बढेको छ। भौतिक पूर्वाधारबिना प्रतियोगिता गर्न कठिन हुन्छ। हामीले समयमै आवश्यक पूर्वाधार अध्ययन गरेर प्रतियोगिता आयोजनाको तयारी गर्नेछौं। कार्यदलले दिएको योजना अनुसार काम हुनेछ।' गत महिना पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको समापन अवसरमा मध्यपश्चिममा आठौं राष्ट्रिय खेलकुद गर्ने निर्णय गरिएको थियो। मध्यपश्चिमाञ्चलमा दोस्रो पटक बृहत् राष्ट्रिय खेलकुद हुँदैछ। मध्यपश्चिमाञ्चलमा २०५५ मा चौथो राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो।

प्रकाशित: ९ माघ २०७३ ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App