७ वैशाख २०८१ शुक्रबार
खेल

बुढाऐर र भारीलाई विदेशी क्लबबाट क्रिकेट खेल्ने अवसर

काठमाडौं- राष्ट्रिय क्रिकेट टिमका नरेश वुढाऐर क्यानडा र सुसन भारी इङल्याण्डका क्लबमा खेल्न जाने भएका छन्। बुढाऐर ब्लुमफिल्ड क्रिकेट एकेडेमि टोरन्टो, क्यानडा र भारी फलमाउथ क्रिकेट क्लब क्रनवाल, इङल्याण्डमा खेल्ने छन्।

बुढाऐर अक्टोवरको अन्तिम देखि क्लममा हुने र उनको बस्ने खाने सुविधा र फर्कने फ्लाइट टिकट क्लवले ब्यहोर्ने नेपाल क्रिकेट खेलाडी संघका महासचिव पारस खड्काले जनाए। उनलाई क्लबमा खेल्ने अवसर राष्ट्रिय टोलीका पूर्व कोच पुवुदु दशानायकेले मिलाएका हुन्। वुढाऐर जुलाइ ६ मा त्यस तर्फ जाने छन्।

यता सुसन भारी भने सेप्टेम्वरको अन्त्यबाट इङल्याण्डको क्लवमा आवद्ध हुने छन्। उनको पनि बस्ने खाने सुविधा र फर्कने फलाइट टिकट क्लवले ब्यहोर्ने छ।  नेपाल क्रिकेट खेलाडी संघले भारीलाई यो अवसर दिलाएको हो।

 

 

 

 

प्रकाशित: २१ असार २०७३ ११:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App