coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कालिकाेटमा खाने पानीकाे चरम अभाव

धौलागोहको मिजुबाडामा पानीको अभावमा सयौं रित्ता भाडा देखाउदै स्थानीय।

पवित्रकुमार शाही

कालिकोट–जिल्लाका अधिकांश ग्रामिण क्षेत्रमा खानेपानीको चरम अभाग भएको छ। खानेपानीको क्षेत्रमा काम गर्ने निकायको लापरवाहीले गर्दा गाउँमा स्थानीयले खानेपानी अभाव झेल्नु परेको हो। विकासका पूर्वाधार मध्यकै समस्याका रुपमा खानेपानी देखिएको कोटवाडा–३ का गणेश विष्टले दुखेसो पोखे। जिल्लामा एक दर्जन भन्दा भेरै गैरसरकारी संस्था र सरकारी कार्यालय भए पनि इलाका नम्वर ५ मा पानीको चरम अभाव भएको विष्ट बताउँछन् ।

विष्टले थपे, ‘गाउँमा पीउने पानी छैन। स्वास्थ्य संस्थामा उस्तै हालत छ। गाउँमा पानीको अवस्थाले गर्दा निकै नाजुक छ।’ कोटवडाको स्वास्थ्य चौकीमा बिग्रिएको धारा मात्र छ। विरामी र स्वास्थ्यकर्मीलाई पानी चाहियो भने गाउँमा गएर ल्याउनु पर्ने अवस्था छ। सरसफाइको कुरा भन्दा पनि पीउने पानी नै घरबाट बोकेर ल्यानु पर्ने बाध्यता भएको स्वास्थ्यकर्मी प्रकाशकुमार विष्टले बताए।

उनले भने, ‘विरामीलाई घरबाटै पानी ल्याएर आउनुस भन्नु पर्छ। कुनै पनि क्षेत्रबाट खानेपानीको सहयोग भएको छैन्। ’ जिल्लाका धेरै दुर्गम गाउँमा पानीको चरम अभाव छ । रकु गाविसको ३ नम्वर वडामा पनि रित्ता धाराहरु छन् । तर पानीको निकै अभाव छ। रकु–३ र ४ वडाका ८० घरधुरीका स्थानीयवासीले खानेपानी अभाव झेल्नु परेको छ । दलित समूदाय भएको यो गाउँमा पानीको हाहाकार मचिएको स्थानीय बताउँछन्। स्थानीय शिक्षक लालबहादुर गिरीका अनुसार गाउँमा पीउने पानीको चरम अभाव छ। विद्यालयमा बालबालिकाले  पिउने पानी पाएका छैनन्।

जिल्लाको पलाता क्षेत्रमा पर्ने धौलागोह र खिन गाविसमा पनि पानीको निकै अभाव छ । बनजंगल नभएको सुख्खा क्षेत्र भएका कारणले पनि पानीको अभाव हुने गरेको हो। विगत लामो समयदेखि यहाँका स्थानीय पानीको अभाव झेल्दै आएका छन् ।


जिल्लाको खानेपानीको अवस्थालाई सहज गरी ग्रामिण क्षेत्रमा पहुँच पुगाउने आफू प्रचिबद्ध रहेको खानेपानी सरसफाई तथा सव डिभिजन कार्यालयका प्रमुख कुलप्रसाद पौडेल बताउँछन्। उनले भने , ‘आगामी हुने जिल्ला परिषदमा सवै गाविसलाई पानी अभाव नहुने गरी योजना बन्दै छ। हाल सवै गाविसमा पानीको अभाव भएको छैन । केही गाउँमा मात्र पानीका समस्या देखिएको हो।’

गाउँ भन्दा पनि सदरमुकाममै ठूलो पानीको समस्या देखिएको मान्मका स्थानीले बताएका छन्। बजारमा साझँ विहान एक एक घण्टा पानी छोड्ने गरिएको छ । दिनप्रतिदिन मानिसको संख्या बजारमा बद्दै गएपछि खानेपानीको अभाव झनै बढेको छ।

कालिकोटमा ८० प्रतिशत खानेपानीको पुहँच पुगेको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितीले तथ्यांकमा देखाएको छ। जिल्लालाई खुला दिशामुक्त घोषणा गरिए पनि अहिले सम्म पानीको अभावले सदरमुकामका सार्वजनिक शौचालय एउटा पनि प्रयोगमा छैनन्।

यस्तै जिल्ला अस्पताल कालीकोटले पनि विगत दुई वर्ष यता खानेपानीको अभाव झेल्दै आएको छ । खानेपानी नभएका कारण अस्पतालमा उपचार गर्न आएका विरामी र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई समस्या भएको हो । दैनिक जिल्ला अस्पतालमा ६० देखि ७० जना सम्म बिरामी स्वास्थ्य चेकजाँच गर्न आउने गरेका भए पनि पानी अभाव भएको अस्पतालले जनाएको छ । विरामीले औषधीसंग खाने समेत पानी पाउँदैनन्।

 

प्रकाशित: ९ माघ २०७३ ०७:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App