८ वैशाख २०८१ शनिबार
समाज

भ्यानको ठक्करबाट मृत्यु

दमक-पिकअप भ्यानको ठक्करबाट गए राति झापाको दमकमा मोटरसाइकल चालक इलाम, बाँझो – ३ का ३३ वर्षीय जयकुमार राईको मृत्यु भएको छ ।

दमक–३ स्थित भित्री सडकखण्डमा दमकबाट बेलडाँगीतर्फ जाँदै गरेको को ५ प ३७०२ नं को भ्यानले मे १ ज ४०४४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी सख्त घाइते राईको लाइफलाइन अस्पताल दमकमा उपचारका क्रममा राति नै मृत्यु भएको थियो । दुर्घटनामा संलग्न ठक्कर भ्यान र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित: ९ माघ २०७३ ०८:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App