coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रमुखले ‘रकम खाएको’ भन्दै कर्मचारीको आन्दोलन

महोत्तरी–जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख सुवोध मिश्रको कार्यशैलीको विरोधमा कर्मचारी आन्दोलित भएका छन्। नेपाल आर्युवेद स्वास्थ्यकर्मी समाज जिल्ला कार्यसमितिका पदाधिकारी आन्दोलनमा उत्रिएका हुन्।

प्रमुख मिश्रले माघ १ गते राष्ट्रिय योग दिवस नमानएर दिवसको लागि आएको बजेट हिनामिना गरेको आन्दोलित समाजका अध्यक्ष रामएकवाल मण्डलले बताए।

जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय प्रमुख मिश्रले आरोपहरु निराधार बताएका छन्। ‘प्राविधिक कारणले माघ १ गते राष्ट्रिय योग दिवस मनाउन सकिएन तर हामी केहि दिनभित्रै योग दिवस मनाउने छौं।’ मिश्रले भने।

प्रमुख मिश्रले बार्षिक कार्यक्रम आफूखुसि गर्दै आएको र मातहतका औषधालय कर्मचारीलाई वेवास्ता गरेको आरोप छ। जिल्लास्थित ८ वटा औषधालयमा औषधिलगायत कार्यालय संचालनका लागि जिन्सी सामानहरुको चरम अभाव भएको, औषधालयहरुमा रिक्त कार्यालय सहयोगीको नियुक्ती गर्दा आर्थिक चलखेल गरेको आरोप पनि उनीमाथि छ।

कर्मचारी संचय कोष तथा नागरिक लगानी कोषमा रकम नियमितरुपमा नगएको र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जलेश्वरमा आयुर्वेद विभागको निर्देशिका अनुसार सहयोग समिति गठन गनर्मा चासो नदेखाएको आन्दोलित कर्मचारीको गुनासो छ।

६ सुत्रीय माग राखेर आईतबार जिल्ला प्रशासन कार्यालय महोत्तरीमार्फत आयुर्वेद विभाग टेकु काठमाण्डौंलाई ज्ञापन पत्र बुझाई माग पूरा गर्न ध्यानाकर्षण गराएको अध्यक्ष मण्डलले बताए।

जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय प्रमुख मिश्रले आरोपहरु निराधार बताएका छन्। ‘प्राविधिक कारणले माघ १ गते राष्ट्रिय योग दिवस मनाउन सकिएन तर हामी केहि दिनभित्रै योग दिवस मनाउने छौं।’ मिश्रले भने।
 
महोत्तरीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहित मटिहानी, पिपरा, रतौलि, बलवा, मनरा, ईटहर्वाकटी, पर्सादेवाड र सोनमामा आयुर्वेद औषधालय  संचालनमा छन्। जिल्ला र मातहतका आठ औषधालयमा १९ जना प्राविधिक कार्यरत छन्।

प्रकाशित: ९ माघ २०७३ ०९:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App