१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अतिक्रमित जमीनमा वृक्षाराेपण गर्ने क्रममा झडप, ८ प्रहरी घाइते

सर्लाही–    ढुङग्रेखोला गाबिस–६, ७ र ८ मा रहेको सागरनाथ वन विकास परियोजनाको जग्गा अतिक्रमण गरी बनाएका घरटहराहरु हटाई बृक्षारोपण गरी तारबार गर्ने क्रममा स्थानीयले विरोध गरी प्रहरीमाथि ढुंगा प्रहार गरेपछि मंगलबार झडप हुँदा ८ जना प्रहरी कर्मचारी घाइते भएका छन्।

घाइतेमध्ये प्रहरी सहायक निरीक्षक बिनयकुमार पाण्डेलाई उपचारको लागि नमुना अस्पताल हरिवन लगिएको छ भने प्रहरी हवल्दार १ र प्रहरी जवान ६ जना सामान्य घाइते भएका छन्।

भीडलाई प्रहरीले तितरबितर पारी घरटहराहरु नहटाई ६ नम्बर वडाबाट बृक्षारोपण गर्न लागेकोमा उक्त समूह पुनः भेला भई प्रहरीमाथि ढुङगा प्रहार गरेपछि १९ महिला र ९ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: २१ असार २०७३ १२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App