७ वैशाख २०८१ शुक्रबार
प्रवास

हुन्डी रोक्न दूतावासको अन्तरक्रिया

अन्तरक्रियाका सहभागी

युएई- अवैधानिक रुपमा भइरहेको हुन्डी करोबार रोक्न युएईमा अन्तर्किया गरिएको छ। नेपाली दुताबास युएईले शुक्रबार युएईमा कार्यरत नेपालीहरुसँग वैधानिक बाटोबाट पैसा पठाउन आह्वान गर्दै अन्तरक्रिया गरेको हो।

मुखले हुन्डी रोकौं भने पनि व्यवहारमा अवैध कारोबार गर्नेलाई दुताबासले कारबाही गर्छौं समेत भन्न नसकेको उपस्थित नेपालीको गुनासो थियो

नेपाली जनसम्पर्क समिति युएईका अध्यक्ष चित्र केसीले नेपालीहरुले नै युएईमा हुन्डी चलाइरहेको बताए। 'नेपालीले चाहे अवैध बाटोबाट नेपाल पैसा जान रोक्न सकिन्छ। भिजिट भिषामा ल्याउने काम रोक्न सकिन्छ र सुन तस्कर पनि रोक्न सकिन्छ', उनले भने।

युएईको लेबर क्याम्पहरुमा रहेका नेपालीसँग पैसा उठाउने र अबैधानिक रुपमा पैसा नेपाल पठाउने गिरोहहरु सक्रिय भएको भन्दै दूतावासले हुन्डीविरुद्ध जनचेतना जगाउने उद्देश्यले अन्तरक्रिया गरेको हो।

मुखले हुन्डी रोकौं भने पनि व्यवहारमा अवैध कारोबार गर्नेलाई दुताबासले कारबाही गर्छौं समेत भन्न नसकेको उपस्थित नेपालीले गुनासो गरे। 

'हुण्डी रोक्न हामी आजैदेखि प्रतिबद्दता गर्छौं', नेपाल पत्रकार महासंघ शाखा युएईका अध्यक्ष भुपराज बस्याले भने, 'यहाँ उपस्थित संघ संस्थाका प्रतिनिधि र व्यावसायीले पनि प्रतिबद्धतागर्न सक्नुपर्छ।'

केही समययता समाज सेवी हौं भन्ने नेपालीहरुले नै युएईमा एक दिनमै लाखौं रुपैयाँ अवैधानिक माध्यमबाट नेपाल पठाउँने गरेको सहभागीको भनाइ थियो।

दूतावासका द्वितिय सचिव विष्णु अधिकारीले हुण्डीबाट देशलाई पर्ने असर र हुण्डी कसरी रोक्ने भन्ने विषयमा जानकारी दिइन्।

पछिल्लो समय युएईबाट सुन तस्कर भइरहेको खुलासा भएपछि अवैध बाटोबाट पैसा नेपाल लैजानेहरुबारे पनि चासो बढेको हो।

प्रकाशित: ९ माघ २०७३ १४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App