७ वैशाख २०८१ शुक्रबार
अर्थ

प्रधानमन्त्री कृषि कार्यक्रममा अलैंची र अदुवा

पाँचथर–कृषिलाई आधुनिकरण तथा आत्मानिर्भर बनाउने भन्दै अघि सारिएको ‘प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना’मा जिल्लामा अलैंची र अदुवा खेतीलाई अघि बढाउने भइएको छ।  कृषि क्षेत्रको उलेख्य विकास, आधुनिकिरण तथा व्यवसायिक बनाउने उद्देश्यका साथ यो कार्यक्रम अघि सारिएको छ।

चालू आर्थिक वर्षदेखि अघि बढाइएको परियोजनामा यि दुईवाली प्राथमिकतामा परेका छन्। जिल्ला कृषि विकास कार्यालय जोन कार्यान्वय इकाईले सोमबार एक कार्यक्रम आयोजना गरेर परियोजनाबारे सरोकारवालाई जानकारी दिएको हो ।

स्वदेशी सोच, स्वदेशी लगानी तथा आन्तरिक जनशक्तिमा कृषिमा आधुनिकरण गर्ने कार्यक्रमको लक्ष्य रहेको छ। परियोजनाका चार किसिमका कार्यक्रम मध्ये जिल्लामा दिन कार्यक्रम अघि बढाइने बरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले जानकारी दिए। साना व्यवासायिक  कृषि उत्पादन केन्द्र (पकेट), व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) र व्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र तथा प्रसोधन केन्द्र (ब्लक) गरी तीन किसिमका कार्यक्रम जिल्लामा हुने भएका हुन्।

निश्चित क्षेत्रमा रहेर यो कार्यक्रम अघि बढाउन लागिएको हो। स्थानीय तहको सञ्चालक समिति बनाएर आर्थिक, प्राविधक तथा यन्त्रिक सहयोग गर्ने लक्ष्य राखिएको छ। चालू आर्थिक बर्षमा जिल्लामा पकेट क्षेत्रका लागि ५८ लाख रुपैयाँ, ब्लकका लागि १ करोड ४६ हजार र जोनका लागि १ कारो ८ लाख ४५ हजार बजेट विनियोजित छ ।

प्रकाशित: १० माघ २०७३ ११:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App