६ वैशाख २०८१ बिहीबार
राजनीति

संसदीय समितिमा भाग लिन नदिएको भन्दै सांसदले गरे सभामुखलाई उजुरी

सांसद जंगली/ तस्बिर: अशोक

काठमाडौं- एमाले सांसद तथा ट्रेड युनियन नेता चुडामणी जंगलीले संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको बैठकमा भाग लिन नदिएको भन्दै आपत्ति प्रकट गरेका छन्।

बैठकमा भाग लिन समितिका सभापति भिष्मराज आङ्दम्बेलाइ फोन गरेर समय लिए पनि भाग लिन नदिइएको जंगलीले बताए। 'सभापतिलाई फोन गरेर समय लिएको थिएं, उहाँले आउनुस् पनि भन्नु भएको थियो तर बैठकमा सहभागि हुन दिइएन।' आङदम्बेले अर्को समितिको सदस्य बैठकमा आउन नमिल्ने भन्दै उनलाई ढोकैमा रोकेका थिए।  'अर्को समितिका सांसद यहाँ बस्न पाइँदैन आउने भए लिखित निवेदन दिनुस् भने भनेर सभापतिले रोक्नु भयो', जंगलीले भने।

तर जंगलीले संसदको नियमावलीले जानकारी मात्र गराए हुने उल्लेख गरेको भन्दै आफू बस्न पाउनुपर्ने जिकिर गरे। हालै पारित भएको संसदको कार्यसञ्चालन नियमावलीको नियम १७९ को उपनियम ५ ले एक दिन अगाडी जानकारी गराएर सांसदहरु अर्को समितिकै बैठकमा भाग लिन पाउने ब्यवस्था गरेको छ।

समितिमा विशेष आर्थिक क्षेत्रको स्थापना सञ्चालन र व्यवस्थापन सम्बन्धमा बनेको विधेयकबारेबारे छलफल भएकाले पूर्व ट्रेड युनियनका नेता जंगलीले बिधेयक संविधानको धारा ३४ अनुसार नभएको र श्रमिकलाइ विधेयकमा मजदुरको रुपमा सम्वोधन गरिएको लगायतका ७ वटा बिषय उठाउने तयारी गरेका थिए।

संसदको नियमावलीको व्यवस्था

सभापति आङ्दाम्बेलाई यस विषयमा जिज्ञाशा राख्दा भने, 'उहाँले जानकारी मात्र गराउनु भएको हो तर संसदको नियमावली अनुसार उहाँले एक दिन अगाडी लिखित निवेदन दिनुपर्थ्यो। उहाँले त्यो दिन मान्नुभएन।' यस विषयमा विरोध जनाउँदै एमालेका अर्का सांसद नागेन्द्र थारुले सभापतिले नियम विपरित बोल्न नदिएको आरोप लगाए।

'म काठमाडौं बाहिर स्याङ्जा भएकाले संसदले तोकेको समयमा संसोधन दर्ता गराउन सकिनँ त्यसैले समितिमै गएर मेरा कुरा राख्न हिजै अनुमति लिएको थिएँ। सभापतिले आउनुस् न तपाइँ आउँदा राम्रै हुन्छ भन्नुभएको थियो तर आज मलाइ अपमानपूर्वक समितिमा बस्न दिइएन' जंगलीले भने, 'मैले यस बिषयमा सभामुखलाइ समेत उजुरी गरेको छु।'

जंगलीले संसदमा यो बिषय उठाउन अनुमति मागेपनि सभामुखले आफूले आङ्देम्बेसँग कुरा गर्दासम्म पर्खन अनुरोध गरेको उनले जानकारी दिए।

आङ्देम्बे उद्योगीहरुको प्रभावमा परेर आफूलाइ नयाँ बन्न लागेको कानुनमा श्रमिकका बिषय राख्नबाट बञ्चीत गराएको उनको आरोप छ।

 

प्रकाशित: २१ असार २०७३ १३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App