coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

केशवको 'नेपाली राजनीतिको पुनर्गठन’ बजारमा

काठमाडौं- लेखक केशव दाहालले नेपाली राजनीतिको सेरोफेरो केलाउँदै 'नेपाली राजनीतिको पुनर्गठन’ पुस्तक बजारमा ल्याएका छन्। राजधानीमा बुधबार आयोजित कार्यक्रममा महिला नेता लक्ष्मी खतिवडा, रामकुमारी झाँक्री, कमला रोका, इन्दु शर्मा र रञ्जु दर्शनाले संयुक्त रुपमा पुस्तकको विमोचन गरे।

विमोचित पुस्तकको सन्दर्भसहित नेपाली राजनीतिको वास्तविक पुनर्गठनको विषयमा अन्तर्क्रियासमेत भएको थियो। अन्तर्क्रियामा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई, नेकपा एमालेका नेता घनश्याम भुसाल, विकासविद् सूर्यराज आचार्य र पत्रकार तथा लेखक सुधीर शर्मा सहभागी थिए। डा. भट्टराईले मानव समाज र राज्य निर्देशित गर्ने राजनीति भएकाले यसको पुनर्गठनको बहस जरुरी रहेको औँल्याए।

एमाले नेता भुसालले निराशामा रहेका आममानिसका लागि आशाको रुपमा दाहालको पुस्तक आएको बताए। विकासविद् आचार्यले सरल भाषा भएकाले पुस्तक पाठकका लागि सहज बनेको दाबी गरे। पत्रकार शर्माले शीर्षकले नै राजनीति पुनर्गठित हुनुपर्ने औंल्याएको बताए।

सांग्रिला बुक्सले बजारमा ल्याएको पुस्तकमा नेपाली जनताको सपना र सम्भावना, संक्रमणका सात दशक, पार्टीहरुको संकट विरोधाभास र गतिहीनता, इतिहासको अन्त्य :  नयाँ बाटोको खोजी र राजनीतिको विकल्पको प्रस्ताव गरी पाँच भाग रहेको छ। जसले नेपाली राजनीतिको विगत र वर्तमान केलाएको छ। पुस्तकको मूल्य तीन सय ७५ रुपैयाँ रहेको छ।

प्रकाशित: १३ माघ २०७३ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App