coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

शान्तिको सन्देश फैलाउन मिस नेपाल पिस

काठमाडौं- चौथो संस्करणमा आएर 'मिस नर्स नेपाल' अब 'मिस नेपाल पिस'को नामबाट आयोजना हुने भएको छ। अन्तर्राष्ट्रियस्तरमा शान्तिको सन्देश फैल्याउने प्रतिबद्धताका साथ परिमार्जित हुँदै यो प्रतियोगिता 'मिस नेपाल पिस'को नाममा अगाडि लैजान लागेको आयोजक नेक्स्ट मोडल्स नेपालले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'मिस वर्ल्ड पिसमा नेपालको प्रतिनिधित्व रहने भएपछि मिस नर्स नेपालको नाम परिमार्जित गरिएको हो।' नर्स आफैँ शान्ति एवं सद्भावनाको प्रतीक भएकाले यो प्रतियोगितालाई 'मिस नेपाल पिस'का रुपमा अगाडि लैजान लागेको विज्ञप्तिमा उल्लेख छ।

यसको विजेताले पनि मिस नर्सको पूर्वघोषित पुरस्कारका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन्।

'सशक्त महिला सबल राष्ट्र' नारा उठाएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एक मात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो। जसको आवेदन केहीअगाडि खुला भएको थियो।

नर्सिङ पेसा रहेका, अध्ययन गरिरहेकाको व्यक्तित्व विकास गरी सामाजिक कामप्रति उत्तरदायित्व वहन गराउने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको छ।

प्रतियोगिताका लागि आवेदन फारम नेक्स्ट मोडल्स नेपालको अनामनगरस्थित  कार्यालय तथा नेक्स्ट मोडल डटकममा उपलब्ध हुनेछ।

प्रतियोगिताको प्रारम्भिक छनोट देशका विभिन्न स्थानमा ब्रेस्ट क्यान्सरसम्बन्धी जनचेतना र हेल्थ क्याम्पसहित आयोजना हुनेछ।

सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, डेङ सेन्स, पब्लिक स्पिकिङ, करिअर काउन्सिल लगायत प्रशिक्षणसहित उत्कृष्ट छानिने प्रतियोगितामा देशभरका चार दर्जन नर्सिङ कलेज तथा एक सयभन्दा बढी अस्पतालमा कार्यरत नर्सको उत्साहजनक सहभागिता रहने आयोजकको दाबी छ।

प्रकाशित: १३ माघ २०७३ ०४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App