coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

बाग्लुङमा एम्बुलेन्स किन्न बेलायतबाट सहयोग

लन्डन– गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेद्वारा लिखित ‘सरसर्ती संसार’को लन्डनमा भएको बिक्रीबाट जम्मा भएको रकम बाग्लुङमा एम्बुलेन्स खरिद गर्न खर्चिने भएको छ।

बाग्लुङको अमलाचौरबासी युवा तथा पूर्वविद्यार्थीको सक्रियतामा खरिद गर्न लागिएको सो एम्बुलेन्सका लागि लन्डनमा संकलन भएको २ लाख ५ हजार रुपैयाँ नेपाल रेडक्रस सोसाइटी अमलाचौर एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन उपसमितिको खातामा मंगलबार जम्मा गरिएको अमलाचौर स्कुल एल्मुनाई एसोसियनले जनाएको छ। एसोसियनले स्थानीयको सक्रियतामा खरिद गरिने सो एम्बुलेन्सका लागि सानो सहयोग जुटाउन सकिएकोमा प्रशन्नता प्रकट गर्दै सहयोगदातालाई धन्यवाद दिएको छ।

नेपाल रेडक्रस सोसाइटी अमलाचौर एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन उपसमितिमार्फत् एम्बुलेन्सको खरिदका लागि सहयोग संकलन भइरहेको  संयोजक निशान विकले जनाकारी दिए। यसअघि यूरोप, अमेरिका, कोरिया तथा मध्यपूर्वमा कार्यरत पूर्वविद्यार्थीलगायतको सक्रियतामा करिब १६ लाख रुपैयाँ संकलन भइसकेको विकले बताए ।

नेपाल ब्रिटेन डट कमले बेलायतमा आयोजना गरेको मिट द अथर कार्यक्रममा संकलित रकममा थप गरी लामिछानेले १ लाख र बेलायतमा रहेका पूर्वविद्यार्थीहरु कृष्णप्रसाद शर्मा, भूपेन्द्र पाठक, सरस्वती केसी, किशोर सापकोटा र हेमराज शर्माको सहयोगबाट सो रकम जम्मा भएको एसोसियसनले जनाएको छ।

यसअघि अमलाचौर सक्रिय तथा वैदेशिक रोजगारीमा रहेका युवाको पहलमा ९ सदस्यीय एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन उपसमिति गठन गरिएको थियो। सो समितिको संयोजकमा निशान विक, सहसंयोजक डिल्लीप्रसाद आचार्य र सदस्यहरुमा पशुपति शर्मा, जगतबहादुर पाठक, खगेन्द्र विक, सुरजकुमार समुन्द्रिया, हुमाकुमारी शर्मा, लेखे सार्की, कृष्णबहादुर केसी छन्। एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन उपसमितिले आगामी २ महिनाभित्र अमलाचौर —बाग्लुङ—पोखरा रुटमा चल्ले गरी सो एम्बुलेन्सको खरिद प्रक्रिया आगाडि बढाएको जनाएकाे छ।

प्रकाशित: १३ माघ २०७३ ०८:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App