coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

शाहरुखको रइसले एक दिनमै २० करोड कमायो

शाहरुख खान र ऋतिक रोशनका फिल्महरु क्रमशः रईस तथा काबिल एकअर्कामा प्रतिस्पर्धा गरिरहेका छन्। दुवै फिल्मको पहिलो दिनको कमाइ सार्वजनि हुँदा शाहरुख अगाडि देखिएका छन्।

रईसले पहिलो दिन २०.४२ करोड भारतीय रुपैयाँ कमाएको छ। फिल्म समीक्षक तरुण आदर्शले ट्विट गर्दै यो जानकारी दिएका हुन्। ऋतिकको फिल्मको कमाइ शाहरुखको भन्दा झन्डै आधी छ।

दुवै फिल्मको प्रिबुकिङमै शाहरुख अगाडि देखिएका थिए। रईसको अग्रिम बुकिङ १२ करोड भारतीय रुपैयाँको थियो। ऋतिकको काबिल ३ करोडको प्रिबुकिङ पाएको थियो।

रईसले पहिलो दिन २०.४२ करोड भारतीय रुपैयाँ कमाएको छ। फिल्म समीक्षक तरुण आदर्शले ट्विट गर्दै यो जानकारी दिएका हुन्। ऋतिकको फिल्मको कमाइ शाहरुखको भन्दा झन्डै आधी छ।

शाहरुखले जनवरीमा फिल्मले राम्रो कमाइ गर्न सक्दैन भन्ने मान्यता तोडिदिएका छन्। काबिलले एक दिनमा करिब ११ करोड रुपैयाँ संकलन गरेको छ।

प्रकाशित: १३ माघ २०७३ १४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App