८ वैशाख २०८१ शनिबार
समाज

कर्णालीमा यो वर्षकै भारी हिमपात

जुम्ला- जुम्लामा तेस्रोपटक हिमपात भएको छ। पुस महिनामा सामान्य रुपमा दुईपटक हिउ परेपनि माघ महिनामा सबैभन्दा ठूलो हिमपात भएको हो। हिमपातले जुम्लाको जनजीवन कष्टकर बनेको छ। मध्येरातदेखि परेको हिमपातले जुम्ला सेताम्य भएको छ। दुई दिनदेखि बादल लागेपछि राति हिउँ परेको हो।

जिल्लाको डिल्लीचौर, छुमचौर, पातारासी गोठिचौर, बुम्रामाडिचौर, बोता मालिका, मालिकाठाटा, घोडेमहादेव र ताम्ती गाविसलगायतका गाविसमा बाक्लो हिमपात भएको छ। सदरमुकाम खलंगामा लामो समयपछि वर्षा भएसँगै हिमपात जारी छ। 

दुई दिनदेखि बादल लागेका कारण यहाँका सोलारबाट चलेका स्थानिय सञ्चारमाध्यम बन्द हुने अवस्थामा पुगेका छन्। सरकारी कर्मचारीहरु कार्यालयमै आगो ताप्दै सेवा सूचारु गरेका छन्। हिमपातले जनजीवन निकै कष्टकर बनेको स्थानयहरुले बताए। गाईवस्तुलाई दानापानी दिनदेखि बालबालिका र वृद्धावृद्धालाई चिसोको प्रभाव निकै परेको उनीहरुले बताए।

हिमपातले हवाई सेवा पनि बन्द भएका छन्। सदरमुकाम आसपासको जंगलमा झण्डै आधा फिट हिउ परेको छ।  यहाँका मानिसहरु घरमा आगो तापेर बसेका छन्। हिमपातले सबैभन्दा जिल्लाको उच्च भेगको जनजीबन कष्टकर बनेको हो।

प्रकाशित: १४ माघ २०७३ ०५:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App