'पृथ्वीनारायण, वीपीपछि ओली नेपालका राजनेता'

शुक्रबार, १४ माघ २०७३, १८ : ०७ नागरिक

काठमाडौं—नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला गरिएका मुख्य सम्बोधनको सङ्गालो ‘म प्रधानमन्त्री हुँदा’ पुस्तकको लोकापर्ण गरिएको छ। 

प्रेस चौतारी नेपालद्वारा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओली, एमाले नेता रघुवीर महासेठ, राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम, सौरव, चरण प्रसाईँ तथा पत्रकारद्वय कृष्णमुरारी भण्डारी र विजयकुमारले सयुक्तरुपमा उक्त पुस्तकको लोकापर्ण गरे। 

सो अवसरमा अध्यक्ष ओलीले पुस्तकमा उल्लेख गरिएका कुरा देशको समस्या समाधान गर्न आएको बताए। उनले राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता, राष्ट्रिय एकता र देशको समृद्धि जस्ता कुरामा आफूले प्रश्न उठाउँदै आएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धमा यी कुरा सँगसँगै गाँसिएको उल्लेख गरे।

'कृष्णप्रसाद भट्टराईपछि मलाई छोएको नेता ओली नै हुनुहुन्छ', विजयकुमारले भने।

सार्वभौमसत्ता, स्वाधिनताको प्रश्नसँग मुलुक गाँसिएको उल्लेख गदै अध्यक्ष ओलीले पुस्तकमा आफ्ना अभिव्यक्तिलाई निष्ठापूर्वक व्यक्त गरेको बताए। 

लेखक सौरवले ओलीले आफ्नो पालामा देशको नेतृत्व कुसल तरिकाले निर्वाह गरेको उल्लेख गरे। ओलीको सबैभन्दा प्रभावशाली प्रस्तुति 'माकाफुइँ' मा प्रस्टिने उनले बताए। अरुलाई त्रास देखाउन बाँदरले रुखको हाँगा हल्लाउँदा आफैँ लड्ने कार्यलाई नेवारी भाषामा माकाफुइँ भनिन्छ। ओलीले मधेसी दलहरु इङ्गित गर्दै सो शब्द प्रयोग गरेका थिए।

पत्रकार विजयकुमारले ओलीले नेपालबारे उठाएको मुद्दा कसैले पनि फाल्न नसक्ने बताए। अहिलेको परिस्थिति जटिल बनेको हुँदा यसबाट मुलुकलाई निकास दिन ओलीलाई जिम्मेवार बन्न उनले आग्रह गरे। 'कृष्णप्रसाद भट्टराईपछि मलाई छोएको नेता ओली नै हुनुहुन्छ', उनले भने।

कृष्णमुरारी भण्डारीले देशलाई सङ्कटको बेला पार लगाएको हुनाले राजनेताको रुपमा ओली परिचित भएको टिप्पणी गरे। मेक्सिम गोर्कीको प्रसङ्ग सुनाउँदै उनले भने, 'संकटको बेला नै नेतृत्वको पहिचान हुने हो।'

‘राजनेता सङ्कटको बेला चिनिन्छ। सङ्कटको परीक्षामा पास भएपपछि राजनेता स्थापित हुन्छ’ उनले भने–‘ओली त्यही सङ्टकको बेला स्थापित हुनुभएको राजनेता हुनुहुन्छ।' पृथ्वीनारायण शाह, वीपी पछि ओलीले देशलाई अप्ठ्यारो समयमा नेतृत्व दिएको उनले बताए।

अधिकारवादी नेता चरण प्रसार्इँले २०७४ माघ ७ गतेसम्म ओलीलाई प्रधानमन्त्री दिएको भए परीक्षक नेताको रुपमा चिनिने विचार व्यक्त गरे।

कार्यक्रममा एमाले नेता रघुवीर महासेठले पनि बोलेका थिए।

एमाले केन्द्रीय मुख्यालयले प्रकाशन गरेको उक्त पुस्तक विष्णु रिमाल र शार्दुल भट्टराईले सम्पादन गरेका छन्। पुस्तकमा ओलीले विभिन्न समारोहमा सम्बोधन गरेका सम्बोधनलाई विभिन्न पाँच अध्यायमा ५४ वटा लेख र एउटा अन्तर्वाता समेटिएको छ। रासस










यसमा तपाईको मत

Loading...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

बुँख्याचा मनको रंगशिल्प

बुँख्याचा मनको रंगशिल्प

'बुँख्याचा मन'को निर्देशकीय परिकल्पनाका दृष्टिले रंगमञ्च संयोजनले उच्चता प्राप्त गरेको देखिन्छ। मितव्ययी रंगप्रविधिबाट पनि यति गहिरो कथालाई सहजै प्रस्तुत गर्न...

'निशा नभएको भए म डुबिसक्थेँ'

'निशा नभएको भए म डुबिसक्थेँ'

सँगै नाटक गर्दागर्दै सुनील र निशाले एकअर्कालाई मन पराए, प्रेमिल व्यवहार दर्शाउन थाले। उनीहरूको कलिलो प्रेमको पालुवाले रंगमञ्चको पर्दा छिचोल्यो,...

'उपन्यासलाई नाटकमा उतार्न गाह्रो भयो'

'उपन्यासलाई नाटकमा उतार्न गाह्रो भयो'

जनकपुरमा रहँदा रेडियो नाटक गर्दागर्दै मैथिली नाट्यकर्मी रविन्द्र झाको सहयोगमा सरिता साह शरंगमञ्चमा प्रवेश गरेकी हुन्। नाटककै लागि २०६९ मा...

हलमा अस्कर विजेता फिल्म

हलमा अस्कर विजेता फिल्म

हलिउड फिल्म नेपालमा वितरण गर्दै आएको एप्पल इन्टरटेनमेन्टले अस्कर अवार्ड विजयी र मनोनीत तीन सिनेमा नेपाली मल्टिप्लेक्स हलमा प्रदर्शन गर्ने...

Fixed Ad