coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘मिस दाङ’ भइन् चाँदनी

मिस दाङ २०१६ की उपाधी विजेता चाँदनी मल्ल। तस्बिरः देबन्द्र बस्नेत

दाङ– सन् २०१६ की ‘मिस दाङ’ चाँदनी मल्ल भएकी छन्। १३ प्रतिस्पर्धीलाई उछिन्दै चाँदनीले शनिबार घोराहीमा आयोजित एक समारोहमा मिस दाङको ताज पहिरेकी हुन्। उनलाई २०१२ की मिस दाङ विद्या गुरुङले ताज पहिराइदिएकी थिइन्।

पेज थ्रि इन्टरटेनमेन्ट प्रालीले मिस दाङ प्रतियोगीता आयोजना गरेको थियो । शनिवार घोषित मिस दाङ घोराही स्थित मार्क ईन्टरनेशनल कलेजमा बिबिएस पहिलो बर्षमा अध्ययनरत छिन्। मिस दाङको ताज संगै चाँदनीलाई ५० हजार नगद पुरस्कार तथा एउटा नेपाली चलचित्रमा अभिनयको अवसर दिइएको छ । यसैगरी फस्टरनर अप रजनी बर्मा भईन् भने सेकेण्ड रनरअप जेनी राना भइन्।

फस्ट नरनअपलाई २० हजार नगद सहित म्युजिक भिडियोमा अभिनयको अवसर प्रदान गरिने छ भने सेकेन्ड रनरनअपलाई १५ हजार रुपैयाँ पुरस्कार दिइएको छ  ।

गत मंसिरदेखि सुरु भएको प्रतियोगीताको फाइनल शनिबार भएको हो। प्रतियोगितामा १६ देखि २४ वर्ष उमेरसम्मका १४ जना प्रतियोगी सहभागी भएका थिए। २००५ की मिस नेपाल सुगारिका केसी, चलचित्र निर्देशक हेमराज बिसी, गायक तथा संगीतकार हर्कुलीश बस्नेत, मोडल पूर्णिमा श्रेष्ठ मिस दाङको निर्णायकमा रहेका थिए।

मनोरन्जनात्मक विधिध कार्यक्रम गर्दै आएको पेज थ्रीले नयाँ प्रतिभा तथा क्षमता प्रस्फुटन गराउने उदेश्यले मिस दाङ आयोजना गरेको बताएको छ। ‘हामीहरुले मिस दाङ प्रतियोगीता आयोजना गरेर व्यक्तिमा रहेको अन्तरनिहित क्षमतालाई बाहिर प्रस्फुटन गर्न खोजेका हौँ,’ प्रालिका निर्देशक रुपक थापाले भने, ‘हाम्रो यो कार्यक्रमले पक्कै पनि सहभागीहरुलाई केही गरौँ भन्ने उत्साह पैदा भएको छ।’

उनका अनुसार सहभागीहरुलाई नेपाली चलचित्रका कलाकारहरुले २५ दिनसम्म मोडलिङ बारे प्रशिक्षण दिएका थिए। यो प्रालिले यसअघि पनि मिस दाङ, तथा राष्ट्रिय कलाकारहरुको सहभागिता गराएर कन्सर्ट गरेको थियो।  शनिबार आयोजित मिस दाङ घोषणा कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतीहरु समेत राखिएको थियो।
 

प्रकाशित: १५ माघ २०७३ १२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App