७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

'सत्तामा भए पनि महत्वपूर्ण राष्ट्रिय मुद्दामा सहभागी छैनौं'

पाका राजनीतिज्ञ डा. प्रकाशचन्द्र लोहनीले चक्रीय प्रणालीअनुसार गत बुधबार राप्रपाको राष्ट्रिय अध्यक्ष जिम्मेवारी सम्हालेका छन् । तीन सातापछि महाधिवेशनमा जान लागेको पार्टीको आगामी  रणनीति, सरकारका काम  र समसामयिक राजनीतिबारे नागरिकका लागि मणि दाहालले गरेको कुराकानीः


चुनाव हुने वा नहुने विषय छ । संविधान संशोधनको कुरा पनि छ । भोलि के हुन्छ भन्ने अन्योलको अवस्था छ । यो अवस्थालाई कसरी लिनुभएको छ ?

देश उज्यालोभन्दा अँध्यारोतर्फ गइरहेको छ । अँध्यारोका दुईतीन विषय हुन्छन् । मानिसले टाढाको विषय देख्दै देख्दैन, नजिक पनि त्यति राम्रो देख्दैन । अघि बढिहाल्यो भने पनि कि कसैलाई ठक्कर दिन्छ वा कि खाल्टामा पर्छ । अहिले देशको अवस्था त्यस्तै छ । १५ दिनपछि यो देशको अवस्था के हुन्छ  भन्न सक्ने अवस्था छैन । केपी ओलीजी सरकार २० दिनमा ढल्छ भनिरहनुभएको छ, देउवाजी कोट र जुत्ता लगाएर मेरो पालो कहिले आउँछ भनेर बस्नुभएको छ, प्रचण्डजीको केही समय थप्न पाए हुन्थ्यो भन्ने दाउ छ । यी तीन नेताको स्वार्थका कारण नेपाल खाल्टो पर्ने हो कि यहाँ विदेशीको प्रभाव बढ्दै जाने हो भन्ने चिन्ता सबैमा छ ।

तीनै ठूला दल महत्वपूर्ण र दूरगामी राष्ट्रिय विषयमा स्पष्ट हुन आवश्यक छ । अहिलेको प्रक्रियामा तीनवटै दलले राप्रपालाई सहभागी गराएका छैनन् । त्यसैले सरकारका कतिपय निर्णयमा हाम्रो नैतिक दायित्व हुँदैन ।

यसको समाधान कसरी हुन्छ त ?

तीनै ठूला दल महŒवपूर्ण र दूरगामी राष्ट्रिय विषयमा स्पष्ट हुन आवश्यक छ । अहिलेको प्रक्रियामा तीनवटै दलले राप्रपालाई सहभागी गराएका छैनन् । हाम्रो दल सत्तामा छ तर महŒवपूर्ण राष्ट्रिय मुद्दमा सहभागी छैन । त्यसैले सरकारका कतिपय निर्णयमा हाम्रो नैतिक दायित्व हुँदैन । साझेदारी नभएपछि सत्तामा किन बसिरहने भनेर हाम्रो पार्टीमा छलफल हुन थालेको छ ।

तीन ठूला दलले महŒवपूर्ण विषयमा एकै प्रकारको अडान लिनुप¥यो । देशलाई विखण्डन गर्ने खुलेआम नारा आइरहेका छन् । त्यो नेपालको कानुनअनुसार मिल्छ कि मिल्दैन ? यस्तो गर्न पाइँदैन । यसमा सबै दल एक हुनुपर्छ । ‘जनताले देखाइदिन्छन्’ भन्ने हो देशमा कानुन किन चाहियो ? बिजुलीका चोरहरू पक्राउ परेका छन् ।  उनीहरूलाई किन कानुनअनुसार समात्नुप¥यो । जनताले हेरिहाल्छन् नि । चोर्न दिने, जनताले देखाउँछन् भनेर बसे भइहाल्यो नि । सरकारले कानुनबमोजिम गरेको कामलाई अन्य दलले पनि समर्थन गर्नुप¥यो । केही आधारभूत विषयमा सबै दलको एउटै धारणा हुनुपर्छ ।

सविधान कार्यान्वयन गर्न अहिलेको प्राथमिकता स्थानीय, प्रदेश र संसद्को चुनाव हो । चुनाव गराउने विषयमा सबै दल एक हुनुप¥यो । सबै दल चुनावमा जानुप¥यो । मधेस केन्द्रित राजनीतिक दलका कुरा सुन्नुप¥यो । मधेसमा निस्केको आवाज त्यहाँको मात्र होइन, सबैको हो । त्यहाँको समस्या सबै नेपालीको समस्या हो भन्ने स्वीकारेर मधेस केन्द्रित दलहरूलाई मिलाएर लैजानुप¥यो ।

मधेसी मोर्चाको माग सम्बोधन गर्न संशोधन प्रस्ताव पारित गरे हुँदैन ?

सरकारमा सहभागी भए पनि यसमा हाम्रो दलको समर्थन छैन । मुलुकको राज्य व्यवस्थामा मधेसका जनताको समानुपातिक सहभागिता हुनुपर्छ भन्नेमा हामी सबै एकमत छौं । राप्रपाको यसमा पूर्ण समर्थन छ । समावेशी र समानुपातिक आधारमा चुनाव गरिनुपर्छ, राज्य सत्तामा विभिन्न समूहका जनसंख्याको अनुपातमा हुनुपर्छ भनेर राप्रपाले २०५६ सालदेखि आवाज उठाउँदै आएको छ । अहिले विवाद मिलाउन मधेसका जिल्ला पहाडका जिल्लासँग मिलाउनै हुँदैन भन्न खोजिएको छ त्यसमा हाम्रो सहमति छैन ।
प्

रदेश नम्बर ५ मा मधेस र पहाडमा बस्ने दुवैले छुट्ट्याउनुपर्छ भनेका छैनन् । एकजुट हुनुप¥यो भनेर लाखौंले जुलुस निकालेका छन् ।

एक वर्षअघि त्यही प्रदेशको निर्माण नेपालको हितका लागि भएको थियो भने अहिले फोड्नुपर्ने आवश्यकता किन प¥यो ? सीमांकनको प्रस्ताव देशको हितमा छैन भन्ने राप्रपालाई लागेको छ ।

नागरिकताका विषयमा पनि बिहे गरेर ल्याउनेबित्तिकै नेपाली नागरिक हुने व्यवस्था नेपालजस्तो सानो देशका लागि उपयुक्त छैन । नेपालको चेली विवाह गरेर भारत गइन् भने सात वर्ष कुर्नुपर्छ । यो विषय परिमार्जन हुनुपर्छ । सबै मिलेर छलफल गरौं तर देशलाई चुनावमा लैजाऔं ।

सरकारमा भए पनि महŒवपूर्ण निर्णयमा ठूला दलसँग परामर्श नभएको बताउनुभयो । त्यसो भए सरकारमा राप्रपाको उपस्थित किन ?

सरकारमा हाम्रो उपस्थिति छ तर महŒवपूर्ण निर्णयमा हामी सामेल छैनौं । यसबारे पार्टी अध्यक्ष कमल थापाजी र वरिष्ठ नेता पशुपतिशमशेर राणाजीले पनि कुरा उठाइरहनुभएको छ । तर प्रधानमन्त्री पुष्पकमल दाहालजीले वास्ता गरिरहनुभएको छैन । सरकारमा रहिरहनुको औचित्यका बारेमा पार्टी कार्य सम्पादन समितिमा प्रश्न उठेको छ ।

पार्टी अध्यक्ष कमल थापा सरकारमा जाने समाचार आएका छन् । त्यो गलत हो त ?
कमलजीले मसँग त्यस्तो नभएको बताउनुभएको छ ।

सरकारका बारेमा कहिलेसम्म निर्णय गर्नुहुन्छ ?

आगामी केन्द्रीय कार्य सम्पादन समिति बैठकमा यस विषयमा केही हुन सक्छ ।

भर्खर राप्रपाको राष्ट्रिय अध्यक्ष हुनुभएको छ । पार्टीको महाधिवेशन पनि आउँदैछ । अब पार्टी कसरी अघि बढ्छ ?
महाधिवेशनका लागि अहिले नीति तथा कार्यक्रम तय गर्ने काम भइरहेको छ । विभिन्न व्यक्तिलाई जिम्मेवारी दिएर काम अघि बढेको छ । पार्टीको नेतृत्व छनोट महाधिवेशबाट गर्ने हो ।

महाधिवेशनमा अध्यक्षका लागि प्रतिस्पर्धा गर्नुहुन्छ कि गुर्न हुन्न ?

अहिले देशभर पार्टी संगठनभित्र चुनाव भइरहेको छ । त्यसमा हामीले ध्यान दिएका छौं । नेतृत्वका लागि कसरी जाने भन्ने विषयमा साथीभाइसँग छलफल गरेर अघि बढ्छु । कार्यकर्ताबाट नेतृत्वमा जानका लागि चर्को दबाब छ । तर मेरो प्रयास सकेसम्म सर्वसम्मत गराउने हुनेछ ।
 

प्रतिस्पर्धामा उत्रिनुपरेमा कसरी अगाडि बढ्नुहुन्छ ? कुन मुद्दा उठाउनुहुन्छ ?
कार्यकर्ताको आवाज सम्बोधन हुने गरी निर्णय गर्नेछु ।  प्रतिस्पर्धामा गएँ भने पार्टीलाई विधान, विधि र नियमअनुसार चलाउने एजेन्डा बनाउँछु ।

राप्रपा र राप्रपा नेपालबीच एकीकरण हुँदा हिन्दु धर्मबाहेकका विषय महाधिवेशनका लागि थाती राखिएको छ । केहीले गणतन्त्र स्वीकारिसकेका छन् र केहीले संवैधानिक राजतन्त्रकै कुरा उठाउँदै आएका छन् । यस विषयमा अब पार्टीले कस्तो धारणा बनाउँछ ?

राप्रपा राष्ट्रवादी दल हो । हाम्रो पार्टी पुरानो कुरा नछाडी २१ औं शताब्दीका लागि चाहिने सिद्धान्त र मान्यतालाई फ्युजन गरेर लैजाने दर्शनका आधारमा अघि बढ्छ । हिन्दु धर्मका बारेमा हामीभित्र कुनै विवाद छैन । सबै धर्मलाई सम्मान गर्दछौं हामी । पूर्ण धार्मिक स्वतन्त्रतासहित सर्वधर्म

सापेक्ष हिन्दु राष्ट्रको परिचय हो । गणतन्त्रमा आइसकेका छौं । विगत ८–१० वर्षको गतिविधि हेर्दा निष्कृय रहे पनि राष्ट्रिय एकताको प्रतीकका रूपमा राजसंस्था हुनुपर्छ भन्ने आवाज उठ्न थालेका छन् । जसले हिमाल, पहाड र तराईलाई भावनात्मक एकताको सूत्रमा बाँध्छ भन्ने धारणा पनि छ । यस विषयमा पार्टीभित्र व्यापक छलफल गर्नेछौं । अहिले विभिन्न समिति बनाएर छलफल चलिरहेको छ ।

 

प्रकाशित: १६ माघ २०७३ ०२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App