coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

सहिद दिवसको औचित्य

भित्री मनले बडो महत्वका साथ मनाउनुपर्ने दिवस हो सहिद दिवस । राजनीतिक परिवर्तनको एउटा ऊर्जाशील चिनो र गौरवका रूपमा लिइने राजनीतिक दिवसअन्तर्गतका सहिद दिवस २००७ सालको प्रजातान्त्रिक आन्दोलनपश्चात् मनाइँदै आएको छ । त्यसैको निरन्तरताले यसपटक पनि यो दिवस निम्तेको छ । तिख्खर, स्वादिलो र गौरवसाथ यो वर्ष सहिद दिवस मनाइनुपर्ने हो । तर  इतिहासकै खल्लो र अर्थहीन सहिद दिवस भएको छ । इतिहासदेखि आजसम्म राणा शासनविरुद्धको आन्दोलनदेखि ०६२÷०६३ को जनआन्दोलन दुई, जनयुद्ध, विभिन्न जातीय, मधेस, लैङ्गिक, पिछडावर्ग आदि तमाम आन्दोलनका क्रममा सहादत प्राप्त सहिदहरुको ‘रूप’ जे–जस्तो भए तापनि ‘सार’ एउटै हो । ती महान् सहिदका भावनाका सार भनेको सदियौंदेखि वञ्चित भएका अधिकारको सुनिश्चित गर्ने, सम्पूर्ण नेपाली जनताको मर्म र भावना समेट्ने लोकतान्त्रिक संविधान निर्माणपछि समुन्नत, समृद्धि र समावेशीसहित सुशासन तथा शान्ति र अमनचयन नै हो । ढिलै भए पनि संविधान प्राप्त गरेपछि नयाँ जोश, जाँगर, उत्साह र उमङ्गका साथ सहिद सप्ताह मनाइएको हुनुपथ्र्याे । नौलो आयामको सहिद दिवस हुनुपथ्र्याे । तर दुर्भाग्यवस सहिद दिवसको रौनक छैन, तुक छैन । केवल समय घुमफिरको कर्मकाण्डी सहिद दिवस बनेको छ ।

केवल दुई–चार ठाउँमा गेट बनाइँदैमा, सडक र चौतारोको नाम परिवर्तन गर्दैमा, साइनबोर्ड फेर्दैमा र ओठेभक्ति देखाउँदैमा सहिदको मर्यादा, मान र सम्मान कसरी हुन्छ ?

संविधान सबै पक्षको चित्त नबुझेको वा मधेसीको माग समावेश नभएको नाममा मुलुक झनै बर्बाद हुँदैछ । जसले गर्दा सम्पूर्ण सहिदको भावनामाथि खेलवाड र कुठाराघात भएको छ । देश र जनताले नयाँ संविधान प्राप्त गरेपछि त झन् सहिद दिवसको औचित्यलाई राजनीतिक दलहरुले नै निरर्थक तुल्याए । झन् तथाकथित संविधानकोे नाममा असोज ३ स्वर्णिम ऐतिहासिक दिन वा असफल कालो दिनका रूपमा विवादित हुने ढंगले काम गरे । सबै दलले आजसम्म निकास दिन नसकेपछि लाज छोप्न र असफलताको आलोचनामय परिस्थितिको ध्यान अन्यत्र मोड्न आरोप–प्रत्यारोपको पराकाष्ठामा पुगेका छन् ।
कुनै बेला फलानो सहिद आफ्नो र ढिस्काना सहिद अर्काको भनेर झगडा गर्ने राजनीतिक दलहरु सहिदलाई आफ्नो सत्ता आरोहणको भ¥याङ बनाइरहेका छन् । सहिदलाई केवल भाडाका खेताला बनाउँदैछन् । केवल उनलाई सत्ता र भत्तामा पु¥याइदिने । सहिदलाई उनको मुनाफाका लगानी सावित गरिएको छ । सहिदका परिवारलाई दुई–चार लाख रकम दिएर राज्यको अरु सबै फाइदा आ–आफूले राख्ने वाणिज्य स्रोत ठानिएको छ ।

कुनै पनि सहिदले अर्थात् उनका भावनाले सीमा छुट्याएको थिएन, जात तोकेको थिएन, पहिचान साँघु¥याएको थिएन । पहाड, हिमाल, तराई वा मधेस जस्ता सीमा छुट्याएर भौगोलिक विखण्डनमा लागेका थिएनन् । आपसी विभाजनको सन्देश पनि दिएको थिएन । न त दलहरुलाई सत्ताको नाफा बाँडफाँट गरी खाऊन् भनी सहादत भएका थिए् । सहिदको आशय अझै असभ्य बन, संविधान सभाहलमै जनावरीय स्वभाव प्रदर्शन गर, माइक, कुर्ची भाँच, बहुमत र अल्पमतको नाममा दमन गर भन्ने अवश्य थिएन । त्यसो त केवल भौतिकमात्र होइन आध्यात्मिकरूपमा सहिदको पुकार हुनुपर्ने हो । उनको नाममा केवल दुई–चार ठाउँमा गेट बनाइँदैमा, नाममा परिवर्तन गर्दैमा, साइनबोर्ड फेर्दैमा र ओठेभक्ति देखाउँदैमा सहिदको मर्यादा, मान र सम्मान कसरी हुन्छ ?

सहिदका बलिदानले स्थापना भएको लोकतन्त्रमा केवल वाक स्वतन्त्रता र झगडा गर्ने स्वतन्त्रता बाहेक जनताका जनजीविकाका सवाल झन् नाजुक बेहोर्न परिरहेको छ । भूकम्प र नाकाबन्दीको उपहारसहित अनुचित ढङ्गले महङ्गीको मार र भ्रष्टाचारको चपेटा जनताले खेप्नु परिरहेको छ । न्यानो वस्त्र, स्थान र खानपानको अभावमा मर्नेहरुको लास उठाउने चटारोको अवस्था छ । हरेक उत्पीडितसँगको सम्झौता कार्यान्वयनका लागि पुनः आवाज उठाउनु परिरहेको छ । यो वा त्यो अनगिन्ती समस्याले जनता झन् थिचिनु परिरहेको छ । अनि कसरी मनाउने जनताले सहिद दिवस ?

प्रकाशित: १६ माघ २०७३ ०३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App