coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रविधि

तपाइँको पासवर्ड १२३४५६ त होइन ?

इन्टरनेटमा बढ्दो ह्याकिङका कारण सबैले विचार पुर्‍याएरमात्र पासवर्ड हाल्ने गर्छन्। सुरक्षा चुनौती र गोपनियता भंग हुने डरले शक्तिशाली पासवर्ड हाल्ने चलन छ। तर एक शोधका अनुसार मानिसहरुले एकैप्रकारका पासवर्ड राख्ने गरेका छन्।

सन् २०१६ मा सबैभन्दा बढी पासवर्ड छ वटा अंक रहेको शोधमा उल्लेख छ। रिपोर्टका अनुसार अधिकांश मानिसले १२३४५६ नै पासवर्डको रुपमा राख्ने गरेका छन्। जुन ६ क्यारेक्टरभन्दा नि कम हुन्छ। जसलाई इन्टरनेटमा कमजोर पासवर्डको रुपमा लिइन्छ। यस्ता पासवर्डहरु ह्याक गर्न सजिलो हुनेगरेको रिपोर्टमा उल्लेख छ।

शोधकर्ताहरुले एक करोडभन्दा बढी सेक्युरिटी कोड्स समीक्षा गर्दा यस्तो तथ्य फेला परेको हो। १२३४५६७८९ वा QWERTY किहरु सजिलै टाइप हुने भएकाले मानिसहरु यस्ता पासवडए राख्ने गर्छन्। तर सजिलै टाइप हुने यस्ता किहरु सुरक्षाको दृष्टिकोणमा सबैभन्दा कमजोर पासवर्ड हुने गरेको रिपोर्टमा उल्लेख छ।

समीक्षामा भेटिएका अधिकांश पासवर्ड अंकमा रहेको रिपोर्टमा उल्लेख छ। जुन 12345678, 111111, 1234567890, 1234567, password, 123123, 987654321 जस्ता थिए।

अमेरिकाको पासवर्ड म्यानजमेन्ट कम्पनीका अनुसार १७ प्रतिशत मानिसले १२३४५६ पासवर्ड राख्ने गर्छन्। त्यसैले अपरेटर्सले आफ्ना प्रयोगकर्ताका लागि शक्तिशाली पासवर्ड राख्ने जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने विज्ञहरुको भनाइ छ। जबमात्र इन्टरनेटमा बढ्दो अपराधलाई नियन्त्रण गर्न सकिन्छ।

प्रकाशित: १६ माघ २०७३ ०६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App