८ वैशाख २०८१ शनिबार
राजनीति

'गरिब' मन्त्रीको दुखेसो- 'परिचय पत्र बाँडेपछि मेरो काम के ?'

जाजरकोट- गरिबी निवारण तथा सहकारी मन्त्री हृदयराम थानीले  गरिबहरुको परिचयपत्र बनिसकेपछि आफू बिना कामको मन्त्री हुने बताएका छन्। गरिब घरपरिवार पहिचान कार्यक्रमअन्तरर्गत २५ जिल्लाका गरिवहरुको परिचय पत्र बनाएपछि गरिवी निवारण मन्त्रालयको काम सकिने भएकाले त्यसपछि आफू कामविहीन मन्त्री हुने उनले बताए।

गरिबहरु पहिचान भइसकेपछि उनीहरुलाई रोजगारी, सीपमूलकलगायतका काम अन्यत्रैबाट हुने भएकाले आफ्नो मन्त्रालयको काम परिचयपत्र बाँड्ने मात्र भएको दुखेसो गरे। प्रेस युनियन जाजरकोटले खलंगामा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री थानीले गरिबी र गरिबहरुसँग सम्बन्धित सबै कार्यक्रम अन्य मन्त्रालयबाट सञ्चाल हुने भएकाले आफूले सम्हालेको मन्त्रालय नाम मात्रको गरिबी निवारण मन्त्रालय भएको बताए।

मन्त्री थानीले गरिबसँग विश्वेश्वर, गरिबी निवारण कोष, युवा स्वरोजगार कोषलगायतका ४९ वटा कार्यक्रम गरिवी निवारण मन्त्रालयबाहेकका निकाय र मन्त्रालयमार्फत चल्ने बताए। प्रधानमन्त्री पुष्पकमल दाहाललाई पटक पटक आफ्नो मन्त्रालयसँग सम्बन्धित काम दिन आग्रह गरेपनि सुनुवाई नभएको उनले दुखेसो पोखे।

प्रधानमन्त्रीले माग सकरात्मक रहेको बताए पनि आफ्नो साथ नदिएको बताए। 'गरिबहरुकै लागि लडेका प्रधानमन्त्रीले समेत मेरो प्रस्तावमा सहयोग गर्नुभएन,' उनले भने।

विभिन्न निकायबाट गरिबी निवारणका लागि भएका कामहरु पारदर्शि र जनतासम्म पुग्न नसकेको उनको भनाई थियो।

प्रकाशित: १६ माघ २०७३ ०६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App