७ वैशाख २०८१ शुक्रबार
समाज

सांसद शेर्पाद्वारा कुटिएका कर्मचारीसँग मिलापत्र

ताप्लेजुङ- सांसदले कर्मचारीलाई चट्काएर कानुनी शासनको उपहास गरेको घटनालाई ताप्लेजुङ प्रशासनले मिलापत्रमा टुङग्गाएको छ। 

गाविसको तथ्याङ्क संकलनका लागि खटिएका थुम्बेदिन घर भई जिल्ला पशुसेवा कार्यालयमा कार्यरत कर्मचारी भीम घिमिरेलाई प्रमुख सत्तारुढ दल माओवादी केन्द्रका सांसद ओङदी शेर्पाले कार्य स्थलमै कुटपिट गरेका थिए। शुक्रवार कुटिएका घिमिरे र सांसद शेर्पा सहितलाई जिल्ला प्रहरी कार्यालयमा बोलाई शनिवार सांझ गोप्य ढंगले मिलापत्र गरिएको हो। प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले कर्मचारीले परिचय पत्र नबोकेको र सांसदले कर्मचारीसँग भनाभन हुँदा धकेलेको हुन सक्ने भएकाले दुबैको सहमतिमा घटनालाई मिलाइएको बताए। घटना मिलाउन जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रामबहादुर केसीको कार्यकक्षमा प्रजिअ खड्का सहित पीडित घिमिरे सहित आधा दर्जन कर्मचारी अगुवा भेला भएका थिए । घघटनामा सांसद शेर्पाले गल्ती भएको भन्दै मिलापत्रको कागजमा हस्ताक्षर गरेको कर्मचारीहरुले बताएका छन्।

यसअघि सांसद शेर्पाले आफुले कुटपिट नगरेको बताउँदै आएपनि मिलापत्रमा कमजोरी स्विकार गरेको कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन ले जनाएको छ। सहमति कार्यमा कर्मचारीहरुको तर्फबाट आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष रामचन्द्र नेपाल सहितका कर्मचारी सहभागी भएका थिए भने प्रजिअ खड्का सहितले मिलापत्रको सहजीकरण गरेका थिए। घिमिरे आफ्नो कार्यक्षेत्र खेजेनिम गाविसका घरदैलोमा पुगेर तथ्याङक संकलन गर्ने क्रममा सांसद शेर्पाको घरमा पुगेका थिए । शेर्पाले परिचय पत्र माग्दै आफूलाई नियन्त्रणमा लिई कोठामा थुनेर कुटपिट गरेको घिमिरेले बताए । आफूसँग परीचय पत्र नभएको बताउँदा ‘यस्तो पनि कर्मचारी हुन्छ’ भन्दै कुटपिट गरेको र आफूले टेलिफोन गरी प्रहरी र सामाजिक परिचालकलाई जानकारी गराएपछि मात्रै छाडेको सांसद शेर्पा सहितले छाडेको घिमिरेले बताए। सांसद शेर्पाले भने आफूले घिमिरेलाई परिचय पत्र नबोकी हिँडेको बारे आफुले सोधपुछ मात्रै गरेको भन्दै आफ्नो बचाउ गरेका छन् ।

 

 

 

 

प्रकाशित: १६ माघ २०७३ ०९:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App