coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अटायर सोमा नेवाः सुन्दरी

काठमाडौं- नेप्लिज फेसन होमले राजधानीमा आयोजना गर्न लागेको १२औँ 'मिस नेवाः ११३७' का प्रतियोगीले शनिबार साँझ 'अटायर सो' अन्तर्गत जातीय पहिरन प्रस्तुत गरेका छन्। नेवार समुदायका विभिन्न चाडपर्वलाई लक्षित गरेर बनाइएका पहिरन प्रतियोगीले र्‍याम्पमा नाप्दै देखाए।

प्रतियोगीले इन्द्रजात्रा, गाईजात्रा, दसैँ, कुमारीजात्रा, महपूजा, योमरी पूर्णिमा, फागु, बेलविवाहजस्ता विविध पक्ष झल्कने पहिरन कार्यक्रममा प्रदर्शन गरेका थिए। नेवार समुदायले परापूर्व कालदेखि पहिरिँदै आएको हाकुपटासी लगायत पहिरनमा पनि प्रतियोगी मञ्चमा देखिए।

होमकी अध्यक्ष हेमा मानन्धरले नेवारको आफ्नै मौलिक चाडपर्व र पहिरन रहेकाले उनीहरुको सांस्कृतिक, सामाजिक र धार्मिक पक्ष झल्कने पहिरनको प्रतिस्पर्धा अटायर सोमा गरिएको बताइन्। उनले अटायर सोमा उत्कृष्ट पहिरन प्रस्तुत गर्ने प्रतियोगीले अन्तिम प्रतिस्पर्धामा 'बेस्ट ड्रेस'को अवार्ड जित्ने जनाइन्।

सोको निर्णायकमा प्राइम बैंकका उपमहाप्रबन्धक भाइराजा तुलाधर, नमुना कलेज अफ फेसन एन्ड टेक्नोलोजी उपप्रमुख जीवेश्वरलाल श्रेष्ठ, नेपाल बुटिक एसोसिएसन संस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, युएफओका सचिन श्रेष्ठ, उद्योगी प्रदीपमान प्रधान, मेकअप आर्टिस्ट मञ्जु कार्कीलगायत छन्। नेवार समुदायका २८ युवती प्रतिस्पर्धी रहेको प्रतियोगिताको फाइनल आगामी माघ २६ गते हुनेछ।

प्रकाशित: १७ माघ २०७३ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App