८ वैशाख २०८१ शनिबार
कला

फ्रान्सेली सुन्दरीलाई मिस युनिभर्सको ताज

फिलिपिन्स— खुला सीमाका फाइदाहरुबारे सोधिएको प्रश्न ओझपूर्ण जवाफ दिँदै मिस फ्रान्सले यो वर्षको मिस युनिभर्सको ताज जितेकी छिन्। फिलिपिन्समा भएको २४ वर्षे डेन्टल सर्जन आइरिस मिटिनारेले ८५ मुलुकका प्रतिस्पर्धी उछिन्दै ताज पहिरिन सफल भएकी हुन्।

'हामी सकेसम्म ग्लोबलाइजेशन चाहन्छौं। सकेसम्म धेरै मान्छेहरुबीच आदान प्रदान चाहन्छौं’

मिस हाइटी फस्र्ट रनर अप भइन् भने मिस कोलम्बिया सेकेन्ड रनर अप घोषित भइन्।

मिस युनिभर्स विजेता आइरिसलाई खुला सीमाका फाइदा तथा ग्लोबल शरणार्थी समस्याबारे प्रश्न सोधिएको थियो। ‘फ्रान्समा हामी सकेसम्म ग्लोबलाइजेशन चाहन्छौं। सकेसम्म धेरै मान्छेहरुबीच आदान प्रदान चाहन्छौं’, अमेरिकाको प्राइम टाइममा टेलिजिभनबाट प्रसारण गरिएको कार्यक्रममा उनले भनिन्।

खुला सीमाले मान्छेलाई घुम्ने सुविधा थप्ने र विश्व जगतबारे जानकारी दिने उनले बताएकी थिइन्।

अर्की फाइनल प्रतिस्पर्धी मिस केन्याले डोनाल्ड ट्रम्प धेरै मान्छेको छनौट नभएको उल्लेख गर्दै उनले अमेरिकालाई विभाजन गरेको बताइन्। आफूले हिलारी क्लिन्टलाई अमेरिकाको राष्ट्रपतिको रुपमा हेर्न चाहेको उनको भनाइ थियो।

प्रकाशित: १७ माघ २०७३ ०४:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App