४ वैशाख २०८१ मंगलबार
समाज

बेनी–जोमसोम सडक अवरुद्ध

बाबियाचौर (म्याग्दी)– म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक आज बिहानैदेखि अवरुद्ध भएको छ।

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने घाँसा–१ को घङेमा भन्ने ठाउँमा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको सडकमा सिधा सवारी सञ्चालन बन्द भएको हो। मानिस पनि हिँड्न नमिल्ने गरी पहिरो खसेपछि आवतजावत भएको दानाका होटल व्यवसायी इन्द्रसिङ शेरचनले बताए।

बेनीबाट मुस्ताङ जानेक्रममा रहेका गाडी र यात्रु दानाको काभ्रे तथा जोमसोमबाट बेनीतर्फ आउँदै गरेका सवारीसाधन घाँसामै रोकिएका छन्। सडक अवरुद्ध हुँदा मुक्तिनाथ तीर्थयात्रा र मुस्ताङ भ्रमणमा आएका पर्यटक तथा स्थानीय बासिन्दा समस्यामा परेका छन्।

सडक विभागको डोजर, प्रहरी, यातायात व्यवसायी र स्थानीय बासिन्दाले सडक खुलाउन पहल गरिरहेको इलाका प्रहरी कार्यालय दानाले जनाएको छ। यसअघि असार १७ गते अवरुद्ध भएको सडक २० गते खुलेको तीन दिन नपुग्दै पुनः बन्द भएको हो। सिधा सवारी सञ्चालन हुन नसकेपछि गाडी परिवर्तन गरेर गन्तव्यमा पुर्याउने व्यवस्था मिलाएको यातायात व्यवसायीले बताएका छन्। रासस

 

प्रकाशित: २२ असार २०७३ १०:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App