coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कृषकसँग सबै राजनीतिक दलले माफी माग्नु पर्छः कृषि मन्त्री गजुरेल

काठमाडाैं– कृषि विकासमन्त्री हरिबोल गजुरेलले राजनीतिक परिवर्तनसँगै कृषिले प्राथमिकता नपाएकामा कृषकसामु सबै राजनीतिक दलले माफी माग्नुपर्ने बताए।

विनियोजन विधेयक, २०७३ अन्तर्गत कृषि मन्त्रालयको शीर्षकमाथिका छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले कृषिको व्यावसायिकरण, यान्त्रिकीकरण र आधुनिकीकरण गर्न जरुरी भएकामा जोड दिए।

मन्त्री गजुरेलले सात प्रदेशमा कृषिलाई उद्योगका रुपमा विकसित गर्न २१ वटा पकेट क्षेत्र विस्तार गर्न लागिएको, आफ्नो जमिन बाँझो नराख्ने कृषकलाई कृषक पेन्सनको व्यवस्था गर्न लागिएको, राष्ट्रिय कृषक आयोग गठन गर्न लागिएको जानकारी दिए। रासस
 

प्रकाशित: २२ असार २०७३ १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App