अमेरिकामा नेपाली बालिका बलात्कार गर्नेलाई ३८७ वर्ष जेल

बुधबार, १९ माघ २०७३, १० : ५२ नागरिक

काठमाडौं— नेपाली बालिका अमेरिका लगी झन्डै ५ वर्षसम्म बलात्कार गरेको अभियोगमा नेपाली मूलका अजय कुमार देवलाई एक अमेरिकी अदालतले ३८७ वर्ष ४ महिना जेल सजायको फैसला सुनाएको छ।

किशोर अवस्थामै अमेरिका पुगेका नेपाली अजय तथा उनकी श्रीमतीले नेपालबाट सन् १९९९ मा ती बालिकालाई नेपालबाट धर्मपुत्री बनाएर अमेरिका लगेका थिए।

अमेरिकाको क्यालिफोर्नियास्थित एक अदालतले गत साता मुद्दाको पुनरावलोकन गर्दै उनलाई सजाय सुनाउने यसअघिको योलो काउन्टी सुपेरियर अदालतको फैसला सदर गरेको न्युयोर्कबाट प्रकाशित हुने खसोखास अनलाइनले उल्लेख गरेको छ । न्यायधीहरु भेन्स राय, लुइस मौरो र ह्यारी हलको इजलासले अजयलाई पुन दोषी ठहर गर्दै पुरानै फैसला सदर गरेको हो।

सन् २००९ मा भएको सो फैसलाअनुसार अजयले बालिकलाई करिब ५ वर्षको अवधिमा ७ सय पटक बलात्कार गरेका थिए।

किशोर अवस्थामै अमेरिका पुगेका नेपाली अजय तथा उनकी श्रीमतीले नेपालबाट सन् १९९९ मा ती बालिकालाई नेपालबाट धर्मपुत्री बनाएर अमेरिका लगेका थिए। अमेरिका पुर्‍याएको केही दिनपछि नै उनीमाथि अजयले दुर्व्यवहार गर्न थालेको उनले अदालती बयानमा उल्लेख गरेकी छिन्।

 

तपाईको समाचार पठाउन यहाँ थिच्नुहोस् ।









यसमा तपाईको मत

Loading...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लम्फू अब सुटिङमा

लम्फू अब सुटिङमा

दुई वर्ष अघि निर्माण घोषणा गरिएको फिल्म ‘लम्फू’ सोमबारबाट सुटिङका लागि फ्लोरमा जाने भएको छ। गोपालचन्द्र लामिछानेको निर्देशनमा बन्न लागेको...

धुर्मुस सुन्तलीलाई विवेकशीलको पाँच लाख सहयोग

धुर्मुस सुन्तलीलाई विवेकशीलको पाँच लाख सहयोग

भूकम्पपछिको पुनःनिर्माणका काममा सक्रिय धुर्मुस सुन्तली फाउन्डेसनलाई विवेकशील नेपाली दलले  पाँच लाख रुपैयाँ सहयोग गरेको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा...

दोस्रो थारु साहित्यिक मेला कैलालीमा हुने

दोस्रो थारु साहित्यिक मेला चैतको १८ देखि २० सम्म धनगढी-७ को पटेला गाउँमा हुने भएको छ। टीकापुरमा फागुन १४ गते...

'देशभक्ति भावुकता हो, जो धनी वर्गमा बढी हुन्छ'

दक्षिण एसियाका साहित्यकार के लेखिरहेका छन्? सार्क मुलुकको साहित्य कता जाँदै छ? संसारमै सबैभन्दा बढी लेखक यही क्षेत्रमा छन्, तर...