coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

देउवा पुत्र जयवीर अस्वस्थ

लन्डन- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवा अस्वथ भएका छन्। नेपाली जनसम्पर्क समिति बेलायतका सल्लाहाकार विश्वआर्दश पण्डितका अनुसार जयबीर फुटबल खेल्नेक्रममा लडेर ढाड र ब्याक पेन भएपछि लन्डनस्थित विलिन्टन हस्पिटलमा नियमित चेकअप गराइ रहेका छन्।

उनको अवस्था सामान्य भए पनि ढाड र खुट्टा बेलाबेलामा झम्झाउने गरेकाले डाक्टरहरुले नसासम्बन्धी समस्या हुन सक्ने आँकालन गर्दै उपाचर अगाडि बढाएका छन्। छोराको उपचारका लागि नेपाली कांग्रेसकी नेतृ डा. आरजु देउवा गतसात नै बेलायतमै छन्।

आरजु, छोरा जयबीरसहित यतिबेला नेपाली दूतवासबास लन्डनमा बस्दै आएकी छन्।उनीहरुको रेखदेखको बन्दोबस्ती लन्डनस्थित नेपाली दूतावासले मिलाएको छ। डा. आरजु अहिले जयवीरको ब्लड र नाससम्बन्धी रिपोर्टको प्रतिक्षामा छिन्। रिर्पोट सोमबार आएपछि मात्र उनी बेलायतमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछिन्।

२२ वर्षीय जयवीर बेलायतको यूनिर्भसिटी अफ योर्कमा राजनीतिशास्त्रमा अध्ययनरत छन्।

प्रकाशित: १९ माघ २०७३ १५:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App