८ वैशाख २०८१ शनिबार
प्रविधि

सिंगापुरमा बनेको मोबाइला नेपाली बजारमा

काठमाडौं- एक नयाँ ब्राण्ड ओट्टो नेपाली डिजिटल इलेक्ट्रोनिक्स बजारमा प्रवेश गरेको छ। नेपाली फिल्म लट–२ द्वारा न्युरोडस्थित ताम्राकार कम्प्लेक्समा ओट्टो मार्क सार्वजनिक गरियो। कार्यक्रममा हाकु (अभिनेता सौगात मल्ल) र गोफ्ले (अभिनेता दयाहाङ राई) तथा जयमाँ इन्टरकन्टिनेन्टल प्रालिका प्रतिनिधिहरुको उपस्थिति थियो। 
ओट्टोलाई बजारको उच्च श्रेणीको ब्राण्ड बनाउने उद्देश्य कम्पनीले लिएको छ। ओट्टो नेपाली बजारका लागि गुणस्तरीय उत्पादन ग्राहकमाझ ल्याउन मद्दत गर्ने कम्पनीले जनाएको छ। …यो ब्राण्डको प्रतिष्ठा, ओट्टोको ग्राहक हितलाई मध्य नजर गर्दैै ग्राहकको फेशनसँग वर्तमान समयको रुचि तथा गुणस्तर पनि उपलब्ध गराउनुमा छ,' कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। 
ओट्टो मार्क सिङ्गापुरमा डिजाइन गरिएको हो। ६ इन्च चौडा स्वि्र्कनसहित २.५ डी कर्भ्ड एचडी डिस्प्ले रहेको यो स्मार्टफोनमा पछाडि युनिमेटल बडी रहेको छ। यसबाहेक यसमा तीन जिबी र्‍याम र ३२ जिबी स्टोरेज रहेको छ। जसलाई १ सय २८ जिबीसम्म बढाउन सकिन्छ। 
यसको क्यामेरामा अगाडि १३ मेगापिक्सेल अटोफोकस र पछाडि ८ मेगापिक्सेल छ। यसमा छिटो चार्ज हुने ३८४५ एमएएच ब्याट्री रहेको छ। 
ओट्टो मार्कको बजार मूल्य १९,९९६ रुपैयाँ  छ। ओट्टो मार्क काठमाडौँ शहरको मुख्य मोबाइल पसलहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
 

प्रकाशित: २० माघ २०७३ ०६:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App