coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

गायक जस्टिनका डिजे डिप्लाे नेपाल आउँदै

काठमाडौं – गत वर्षकाे ग्रामी अवार्ड विजेता अमेरिकन डिजे डिप्लो नेपाल आउँदैं छन्। गायक जस्टिन बिबरसँग ‘वेर आर यु नाउ’ बोलको गीतको लागि ग्रामी अवार्ड थापेका डिजे डिप्लोले नेपालमा आयोजना हुन लागेको सांगीतिक कार्यक्रममा प्रस्तुती दिने जनाइएकाे छ।

डिजे डिप्लोको आधिकारिक ट्वीटर एकाउन्टबाट उनले नेपाल आउन लागेको जानकारी गराएका हुन्। ‘आगामी फागुन १८ मा काठमाडौंमा हुने कन्सर्टमा सहभागी हुँदैछु,’ उनले ट्वीट गरेका छन्।

विगत तीन वर्षदेखि राजधानीका विभिन्न डान्ससम्बन्धी कार्यक्रम आयोजना गरिरहेको डान्समान्डुले डिजे डिप्लोलाई नेपालमा ल्याउन लागेका हुन्। आगामी फागुन १८ मा हुने ‘डिप्लो इन नेपाल’ नामक कार्यक्रममा डिजे डिप्लोले आफ्ना नयाँ पुराना डिजे रिमिक्सहरु प्रस्तुत गर्नेछन्।

विश्वप्रसिद्ध गायिका म्याडोना, बियोन्से, साकिरा, ब्रिट्नी स्पीयर्स्, क्रिस ब्राउन, जस्टिन बिबर र एमआइएलगायत कलाकारसँग सहकार्य गरिसकेका डिजे डिप्लोेले अन्तराष्ट्र्रिय टूरअन्तर्गत नेपाल आउन लागेका हुन्। उनी नेपालका कन्सर्ट सिध्याए लगत्तै बंगलादेश, अष्ट्रेलिया र कोष्टारिकालगायत देशमा सांगीतिक प्रस्तुती दिनेछन्।

‘डान्समाण्डुले विभिन्न सांगीतिक कार्यक्रम गरिरहेको छ। अमेरिकन डिजे डिप्लोले दक्षिण एसियाली देशहरुमा कन्सर्ट दिदैं गर्दा नेपाल आउने चाजोपाजो मिलाएका हौं। डिप्लो इन नेपाल नामक कार्यक्रमको टिकट बिक्री सुरु भइसकेको छ,’ आयोजक डान्समाण्डुका क्षितिज अग्रवालले भने।

प्रकाशित: २० माघ २०७३ १२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App