coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रको बैठक जारी

काठमाडौं- अनौपचारिक रूपमा एमाले नेतृत्वको सरकारबाट बाहिरिन जोडबल गरिरहेको माओवादी केन्द्रको पोलिटब्युरो बैठकले बुधबार पनि त्यसबारे आधिकारिक धारणा सार्वजनिक गर्न सकेन।

अधिकांश हेडक्वार्टर सदस्य (२३ जना) ले एमाले नेतृत्वको सरकारबाट बाहिरिनुपर्ने नभए प्रधानमन्त्री माओवादीले पाउनुपर्ने दाबी गर्दै आएका बेला उक्त पार्टीले वर्तमान राजनीतिक परिस्थितिबारे निर्णय लिन र पार्टी एकीकरणपछिको कार्यदिशा तय गर्न पोलिटब्युरो बैठक डाकेको थियो। प्रवक्ता पम्फा भुसालका अनुसार वर्षमान पुन नेतृत्वको टोलीले पेस गरेको कार्यविधिबारे छलफल गर्ने क्रम नसकिएका कारण बुधबार राजनीतिबारे छलफल हुन पाएन।

दोस्रो दिनको बैठकमा बोल्ने पोलिटब्युरो सदस्यले पनि एमाले नेतृत्वको सरकारबाट बाहिरिनुपर्ने माग गरेका थिए। शालिकराम जमकट्टेलले एमाले नेतृत्वको सरकार छोड्न जोडतोडले आवाज उठाएका थिए भने नेतृ कमला रोकाले अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ तथा रामबहादुर थापाका कारण पार्टीको केन्द्रीय समिति ठूलो बनेको धारणा राखिन्। पछिल्लो समय माओवादीभित्र गुटबन्दी मौलाइरहेको उनको भनाइ थियो।

गृहमन्त्री शक्तिबहादुर बस्नेतले पार्टीकै वरिष्ठ नेताहरू सरकार फेर्न जोडतोडका साथ लागेकाले माओवादी मन्त्रीलाई काम गर्न गाह्रो परेको गुनासो गरे। 'पार्टीभित्रैबाटै सरकारलाई असफल बनाउने प्रयास भइरहेको छ,' बस्नेतको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'खाली मन्त्रीले काम गर्न सकेनन् भनेर मात्र भएन।' सञ्चारमाध्यममा माओवादी सांसदले राहदानी दुरुपयोग गरेको खबर सार्वजनिक भएपछि त्यसबारे अध्ययन गर्न समिति गठन गरिएको प्रवक्ता भुसालले जानकारी दिइन्।

प्रकाशित: २३ असार २०७३ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App