७ वैशाख २०८१ शुक्रबार
समाज

जेम्स र सेन्ट मेरिजका विद्यार्थीद्वारा अात्महत्या

काठमाडौं- प्रज्जवल शर्मा जेम्स स्कुल धापाखेलमा कक्षा १० का विद्यार्थी थिए। यसै वर्ष प्रवेशिका परीक्षा दिने तयारीमा रहेका उनको पढाइ राम्रै थियो। कुमारी क्लब, बल्खुमा बुवाआमासँग बस्दै आएका उनको शव बिहीबार दिउँसो झुन्डिएको अवस्थामा भेटियो। पंखामा झुण्डिएको उनको शरीर देखेका परिवार सदस्य सुरुमा आश्चर्यमा परे।

दिउँसो ३:३० बजेतिर हतार हतार उनलाई नजिकैको बयोधा अस्पताल पुर्‍याइयो। बल्खुस्थित सो अस्पतालले उनलाई मृत घोषणा गर्‍यो। दाङ स्थायी घर भएका उनका पिता राजनीतकर्मी हुन् भने आमा त्रिभुवन विश्वविद्यालयकी कर्मचारी हुन्।

'स्कूलको सस्पेन्सपछि उ निकै तनाबमा देखिएको थियो। आत्महत्याको कारण त्यही हो भन्ने हाम्रो ठहर छ', परिवारका एक सदस्यले भने।

परिवारको भनाइ अनुसार जेम्सले उनलाई केही दिनका लागि 'सस्पेन्स्ड' गरेको थियो। विद्यालयकै एक छात्रासँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि उनी कारवाहीमा परेका थिए। हीनताबोधको अनुभव गरेका उनी घरमा झोक्राउने, कसैसँग नबोल्ने व्यवहार देखाइरहेका थिए।

'स्कूलको कारवाहीपछि उ निकै तनाबमा देखिएको थियो। आत्महत्याको कारण त्यही हो भन्ने हाम्रो ठहर छ', परिवारका एक सदस्यले भने।

यो प्रकरण अहिले प्रहरीले छानवीन गरिरहेको छ। घटनाको अनुसन्धान गरिरहेका महानगरीय प्रहरी प्रभाग कालिमाटीका प्रहरी अधिकृत विद्यालय बेइज्जत गर्दिएपछि दवाब सहन नसकेको सुनाउँछन्। 'अहिलेसम्मको अनुसन्धानबाट त्यो बाहेक अरु कारण भेटिएको छैन', उनले भने।

जेम्सका प्रिन्सिपल बादल प्रधानले घटनामा विद्यालयको कुनै दोष नरहेको बताउँछन्। 'सेन्टअप दिइसकेको विद्यार्थीलाई विद्यालयले रेस्टिकेट गर्ने भन्ने कुरै आउँदैन।'

उनले प्रज्ज्वल मंगलबार विद्यालय गएको दाबी गरे। बुधाबार श्रीपञ्चमीको विदा थियो भने बिहीबारदेखि विद्यालय खुला थियो। तर उनी बिहीबार बिद्यालय पुगेनन्। 'विद्यालयमा उनी अनुपस्थित भएपछि उनको परिवारलाई हामीले फोन गर्‍यौं', उनले भने, 'परिवारले दुःखद खबर सुनायो। विद्यालय परिवार स्तब्ध भएको छ।'

काठमाडौंमा बिहीबार नै यस्तै प्रकृतिको अर्को घटना पनि भएको छ। सेन्टमेरिज स्कूल जावलाखेलमा कक्षा १० मा पढ्दै गरेकी कृति थापा झुन्डिएको अवस्थामा भेटिइन्। फुपूसँग बस्दै आएकी उनको शव शौचालयमा भेटिएको थियो।

विद्यालयमा टेस्ट चलिरहँदा दुई वटा प्रयोगात्मक परीक्षमा अनुपस्थित भएपछि विद्यालयले अभिभावक बोलाएर छलफल गरेको थियो। पारिवारिक स्रोतका अनुसार बाँकी परीक्षा पछि दिने र लिखितमा सहभागी हुने सहमतिपछि अभिभावक घर फर्किएका थिए।

अहिले यो प्रकरण कमलपोखरी प्रहरी प्रभागले अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानले कृतिकाको केसमा पनि प्रेम सम्बन्धमा आएको उतारचढाब सहन नसक्दा आत्महत्या रोजेको निष्कर्ष निकालेको छ।

किशोरावस्थामा आत्महत्या कसरी रोक्ने?

मनोविज्ञ डा.नरेन्द्रसिंह ठगुन्ना किशोरावस्थामा आवेगमा आएर आत्महत्या गर्ने गरेको बताउँछन्। किशोरावस्थामा आत्महत्याको निर्णयमा पुगेको ८ देखि १० सेकेन्डभित्र अलमल्याइदिए उनीहरु आफ्नो निर्णयबाट पछि हट्छन्।

'विद्यार्थीका समस्या शिक्षक र अभिभावक दुवैले चासोका साथ सुनिदिनुपर्छ', उनी भन्छन्, 'विद्यार्थीमा मनोवैज्ञानिक देखिना साथ उसको मनमिल्ने व्यक्तिसँग राखेर कुरा गर्ने, मनोगत दवाब नपर्ने गरी उसलाई समस्याबाट बाहिर ल्याउनुपर्छ ।'

प्रकाशित: २१ माघ २०७३ १४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App