coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

तीन उपप्रधानमन्त्री, सुरक्षा प्रमुख र सडक विभागको टोली कोरला नाकामा !

काठमाडौं–उपप्रधान तथा रक्षामन्त्री भीम रावलको नेतृत्वमा दुई उपप्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, सुरक्षा निकायका प्रमुख र सडक विभागका प्रतिनिधिसहितको टोली आज नेपाल–चीन सीमा क्षेत्र कोरला नाकातर्फ प्रस्थान गरेको छ।

टोलीमा उपप्रधानमन्त्री द्वय टोपबहादुर रायमाझी र विजयकुमार गच्छदार, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहभागी छन्। नेपाली सेनाको हेलिकप्टरबाट टोली सिधै लोमाङ्थाङ पुग्ने छ।

‘कोरला नाका क्षेत्रमा सुरक्षा पोष्ट स्थापना गर्नेबारे हाम्रो भ्रमण केन्द्रित हुनेछ,’ उपप्रधानमन्त्री रावलले नागरिकन्युजसँग भने ‘सडकको अवस्था र नाका सुचारु गर्ने संभावनाका सम्बन्धमा पनि स्थलगत अध्ययन गर्ने हाम्रो उद्देश्य हो।

 नागरिकन्युजमा कोरला नाकाबारे विशेष नागरिक शो प्रस्तुत गरिएको थियो। कोरला नाकामा नेपालतर्फ सरकारको कुनै उपस्थिति नरहेको र नेपालको सुरक्षा उपस्थिति १०० किलोमिटर यता मुस्ताङ सदरमुकाम जोमसोममा रहेको विवरणसहितको समाचार नागरिकन्युजमा प्रकाशित भएको थियो।

बुधबार नागरिकन्युजमा कोरला नाकाबारे विशेष नागरिक शो प्रस्तुत गरिएको थियो। कोरला नाकामा नेपालतर्फ सरकारको कुनै उपस्थिति नरहेको र नेपालको सुरक्षा उपस्थिति १०० किलोमिटर यता मुस्ताङ सदरमुकाम जोमसोममा रहेको विवरणसहितको समाचार नागरिकन्युजमा प्रकाशित भएको थियो। कोरला नाकामा नेपाल तर्फको सुरक्षा उपस्थिति, सीमा संकेत, भन्सार र सडक स्तरोन्नतिमा राज्यको ध्यान नपुगेको विवरणहरु उल्लेख थियो।

‘कोरला नाकामा सुरक्षा पोष्ट स्थापना गर्ने हाम्रो सोँच थियो, मिडियाबाट पनि हामीलाई थप प्रेरित पार्नुभयो, यो राम्रै हो,’ उपप्रधानमन्त्री रावलले भने ‘हामी केही गरौं भनेर नै यसरी तत्काल सक्रियता देखाएका हौं, यो भ्रमण पछि छिट्टै त्यो क्षेत्रमा केही नतिजा हासिल हुने अपेक्षा गरौं।’ रावलले भने।

 

 

प्रकाशित: २३ असार २०७३ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App