१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

‘घामपानी’ गीत रिलिज

काठमाडौं– पत्रकार दीपेन्द्र लामा निर्देशित फिल्म ‘घामपानी’को पहिलो गीत रिलिज भएको छ। युट्युबमार्फत आइतबार ‘पन्छी’ बोलको  गीत रिलिज गरिएको हो।

कालीप्रसाद बाँस्कोटाको शब्द रचना, संगीत तथा स्वर रहेको गीतले पन्छीझैं स्वतन्त्र भएर उड्न आग्रह गरेको छ। आमनेपाली फिल्मझैँ गीत गीतका लागि मात्र प्रयोग भएको छैन। गीतलाई कथा भन्नका लागि प्रयोग गरिएको छ। गीतले प्रेममा परेका जोडी आफ्नो घरगाउँ छाडेर नयाँ दुनियाँ बसाउन हिँडेको देखाएको छ। गीतले नै फिल्म अन्तर्जातीय प्रेमकथामा आधारित रहेको बताउँछ।

पत्रकारिता र फिल्म समीक्षामा लामो समय बिताएका पत्रकार लामा ‘घामपानी’मार्फत निर्देशनमा ओर्लिएका हुन्। फिल्ममा दयाहाङ राई र केकी अधिकारीको मुख्य भूमिका रहेको छ । सार्वजनिक गीतमा पनि दयाहाङ राई र केकी नै फिचर छन् । गीतको कोरियोग्राफी पनि केकीले नै गरेकी हुन्। गीतमा दयाहाङ राई र केकीको केमेस्ट्री गीतको सौन्दर्य बनेको छ।

बुद्धि तामाङ, अंकित खड्का, प्रकाश घिमिरे आदि कलाकारको अभिनय रहेको फिल्मलाई शैलेन्द्रध्वज कार्कीले खिचेका हुन्। फिल्म सिनेमा आर्ट, हाइलाइट्स नेपाल, टर्चलाइट प्रोडक्सन र अश्लेषा इन्टरटेनमेन्ट मिलेर बनाएका हुन्। फिल्म आउँदो वैशाख १ गते रिलिज हुँदै छ। सोही मितिमा थप दुई फिल्मले पनि सार्वजनिक प्रदर्शनको मिति घोषणा गरिसकेका छन्। 

गीतको भिडियो:

 

 

प्रकाशित: २४ माघ २०७३ ०५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App