coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कण्डमपछि पुरुषका लागि अर्को गर्भनिरोधक

कण्डमपछि वैज्ञानिकहरुले पुरुषहरुका लागि नयाँ गर्भनिरोधक परीक्षण गरेका छन्। बाँदरमा गरिएको उक्त परीक्षण सफल भएको दाबी गरिएको छ। एक क्रिमको माध्यमबाट पुरुषमा हुने शुक्रकिटको प्रवाहलाई रोक्नसक्ने बताइएको छ। उक्त क्रिम पुरुषको त्यो ट्युबमा हाल्नपर्छ जहाँबाट शुक्रकिट लिङ्गतर्फ जाने गर्छन्।

यो गर्भनिरोधक ल्याउने कम्पनीका अनुसार दुई वर्षको परीक्षणपछि यसले काम गरिररहेको तथ्य पुष्टि भएको थियो। यो परीक्षण बाँदर प्रजातिमा कामसमेत गरेको कम्पनीको दाबी छ। केही वर्षमै यो पुरुषहरुको प्रयोगका लागि ल्याउन सकिने कम्पनीले उल्लेख गरेको छ।

हाल पुरुषहरुमा दुई तरिकाबाट गर्भनिरोध गर्न सकिन्छ। एक कण्डमको प्रयोग र अर्को नसबन्दी। क्रिमवाला विधि नसबन्दीजस्तै भएको कम्पनीको दाबी छ।

शोधकर्ताले नसबन्दीविपरीत पुरुषले बच्चा जन्माउने फैसला बदल्न चाहे यो क्रिम उपयोगी बन्नसक्ने बताएका छन्।

 

प्रकाशित: २५ माघ २०७३ ०७:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App