८ वैशाख २०८१ शनिबार
कला

माइली साइरसले गरिन् लक्ष्मीपूजा

माइली साइरस

भौतिक अानन्दको चरम भोगका कारण समस्याग्रस्त जीवनशैली बाँचिरहेका हलिउड कलाकारहरु पूर्वीय परम्परालाई अात्मसात गर्ने गरेको कुरा नयाँ होइन। हालै गायिका तथा अभिनेत्री माइली साइरसको पनि एउटा त्यस्तै घटना सार्वजनिक भएको छ। 

के साँच्चै अमेरिकी गायिका तथा अभिनेत्री माइलीले हिन्दूहरु धनकी देवीको रुपमा पूजा गर्ने लक्ष्मीको पूजा अाफ्नो घरमा गरेकी हुन्?

उनले इन्स्टाग्राममा पोष्ट गरेका फोटोहरु हेरेर मान्छेहरुले भन्न थालेका छन्, 'के साँच्चै अमेरिकी गायिका तथा अभिनेत्री माइलीले हिन्दूहरु धनकी देवीको रुपमा पूजा गर्ने लक्ष्मीको पूजा अाफ्नो घरमा गरेकी हुन्?

इन्स्टाग्राममा पोष्ट गरेको उनको तस्विरले लक्ष्मीपूजा गरेको प्रस्ट देखाएको छ। २४ वर्षे माइलीलाई धेरै मान्छेहरु हाना मोन्टानाको अभिनेत्रीको रुपमा चिन्छन्। अमेरिकी यी गायिकाले सोमबार सोसल मिडियामा पोष्ट गरेका फोटोहरुले फरक तरङ्ग ल्याइरहेका छन्। यी तस्विरहरु चार लाखभन्दा धेरै व्यक्तिले लाइक गरेका छन्। ५ हजारभन्दा बढीले पोष्टमाथि टिप्पणी गरेका छन्।

तस्विरमा लक्ष्मीको फोटोका साथमा फल, हलवा, दियो तथा अगरबत्ती देखिन्छ। त्यहाँ एउटा शंख पनि राखिएको देखिन्छ। ती तस्विरमा पूजा गरिएको प्रस्ट देखिन्छ। तस्विरमा एक व्यक्ति (पूजारी हुन सक्छ) हात जोडेर बसेको समेत देखिन्छन्।

माइलीले अर्को एउटा पोष्ट पनि गरेकी छन् जसमा एउटा कोठामा पुष्प वर्षा गरिएको देखाइएको छ। साथमा केह आसन पनि राखिएका छन्।
तस्विरमा देवी लक्ष्मीका अतिरिक्त अर्को एउटा आध्यात्मिक गुरुको फोटो पनि देखिन्छ।

प्रकाशित: २५ माघ २०७३ १४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App