८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

खुनी महिना !

एजेन्सी-आइतबार इराकमा भएको आक्रमणमा १६५ जनाको ज्यान गयो । गत महिना यता आइएसले गरेका आठ वटा आक्रमण मध्ये आइतबारको आक्रमण सबैभन्दा भयंकर थियो । रमदान सुरु भएदेखिनै आइएसले विभिन्न देशमा आक्रमण तिब्र बनाएको छ । यसरी रमदान सुरु भएयता अमेरिकाको ओल्र्यान्डोदेखि ढाका आक्रमण सम्ममा ३०० भन्दा बढीको ज्यान गइसकेको छ ।

रमदानलाई इस्लामिक क्यालेन्डरमा पवित्र महिना मानिन्छ । यो समयमा मानिस ध्यान तपमा मग्न हुन रुचाउँछन् ।  ३० दिनसम्म मुस्लिमहरु दिनभर ब्रत बस्छन् र साँझ परेपछि ब्रत तोडेर मात्र खाना खान्छन् । मुस्लिम समुदायमा विश्वास छ यो महिना यसरी ब्रत बस्दा भगवानले उनीहरुका सबै गल्ती माफ गरिदिन्छन् र परलोकमा जीवन आनन्दमय हुन्छ । रमदानको बेलामा अधिकांश मस्जिदहरु प्रार्थना गर्ने मानिसले भरी भराउ हुन्छन् ।

मस्जिदमा गएर आफ्नो भविष्य सुधार्न चाहाने मुस्लिमहरुको जमात एकातिर छ तर यही महिनालाई कट्टरपन्थीले भने विजयको महिनाको रुपमा लिन्छन् ।

उनीहरुका लागि रमदान मात्र यस्तो महिना हो जुन महिनामा उनीहरु आफ्नो शक्ति दुगुना बनाएर आफ्ना दुस्मनलाई आक्रमण गर्छन् । यही कारणले पनि उनीहरुले अन्य महिनाको तुलनामा रमदानको महिनामा ज्यादा आक्रमण गर्छन् । अलकायदाले सिरिया सम्बन्धी लेखेको एक अध्यायमा रमदानलाई विजयको महिनाको रुपमा उल्लेख गरेबाट पनि मुस्लिमहरुको रमदान सम्बन्धी सोच स्पष्ट हुन आउँछ ।  

रमदान सुरु हुनै लाग्दा आइएसका प्रवक्ताले संसारभरका समर्थकले सन्देश जारी गरेका थिए । जसमा भनिएको थियो ,‘ यो महिनालाई विध्वंशको महिना बनाउन तयार होऊ । खासगरी तिनका लागि जो मुस्लिम धर्ममा विश्वास गर्दैनन् । युरोप र अमेरिकालाई सहयोग गर्नेहरुका लागि जाइलाग्ने बेला आएको छ ।’

यस्तो सन्देश  एकलकाँटे ओमार मतिन जस्ताका लागि उत्प्रेरक हो जसले ओल्र्यान्डोको एक क्लबमा ४९ जनाको ज्यान जानेगरी गोली प्रहार गरेका थिए ।

ईश्वरको बाटो

रमदानलाई इस्लिामिक इतिहासमा युद्धको महिनाको रुपमा वर्णन गरिएको छ । इस्लाम धर्मका संस्थापक पैगम्बर मुहम्मदले पहिलो जिहाद सन् ६२४मा रमदानकै महिनामा सुरु गरेका थिए ।

आठ वर्षपछि उनले रमदानकै समयमा मक्कामाथि विजय प्राप्त गरेका थिए । जुन आज मुस्लिमको सबैभन्दा पवित्र तिर्थस्थल मानिन्छ ।
पैगम्बरको यही विजय यात्राले प्रेरित भएर कट्टरपन्थीले रमदानकै महिनामा ज्यादा आक्रमण योजना बनाउने गरेका छन् । त्यसैले यो महिनामा उनीहरुको आक्रमण सैनिक कारवाही मात्र होइन, जेहाद पनि हो । यसलाई मुस्लिम कट्टरपन्थीले ‘ईश्वरको बाटो’को रुपमा अंगीकार गरेका छन् ।
अब्दुल्लाह अजामलाई यदाकदा आधुनिक जेहादका धर्मपिताको रुपमा सम्बोधन गर्ने गरिन्छ । उनले नै सन् १९८० मा अरब विदेशी लडाकुलाई नेतृत्व प्रदान गरेका थिए । उनले, ‘जेहादको उपेक्षा गर्नु भनेको व्रत र प्रार्थना तोड्नु जस्तै हो’ भनेर भनेका थिए ।
पछि उनैले ‘जेहाद प्रार्थनाको सबैभन्दा उत्तम माध्यम हो । यसको अभ्यासले मात्र मुस्लिमले स्वर्ग प्राप्त गर्न सक्छन्’ भनेर भनेका थिए ।
तर सामान्य मुसलमानहरु भने जेहादको यस्तो व्याख्याबाट निराश छन् । रमदान जस्तो पवित्र महिनामा हुने हिंसालाई उनीहरुले भने उचित ठह¥याउन सकेका छैनन् ।

सामान्य मुस्लिमका लागि यो महिना धैर्य र आफूले आफूलाई नियाल्ने महिना हो । तर अतिवादीको गलत व्याख्याले रमदानप्रतिको प्रचलित मान्यता खन्डित हुँदै गएको छ । अतिवादीहरुको तर्क छ, ‘रमदानको महिनामा यदि ज्यादा नमाज पढ्दा र भिक्षा दिँदा राम्रो हुन्छ भने थप रक्तपात गर्न के नराम्रो ? ’
यदि तपाईंले कट्टरपन्थीहरुको यो धारणा बुझ्नु भयो भने पछिल्लो समय आइएसले किन यति धेरै मान्छे मारिरहेको छ, स्पष्ट हुन आउँछ ।

 

प्रकाशित: २३ असार २०७३ ०४:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App