८ वैशाख २०८१ शनिबार
प्रवास

काँग्रेस नेता पौडेल लन्डनमा

लन्डन—नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लन्डन आइपुगेका छन्। पौडेल  नेपाली जनसम्पर्क समितिडेनमाको अधिवेशनमा भाग लिन जानेक्रममा बेलायत आइपुगेका हुन्। नेपाली जनसम्पर्क समिति बेलायतका सल्लाहाकार विश्वआदर्श पण्डितका अनुसार पौडेल शुक्रवार डेनमार्क प्रस्थान गर्ने छन्।

ओमन एयरमार्फत लन्डनस्थित बिमानस्थलमा उत्रिदा पौडेलको स्वागतका लागि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता हित्रो बिमानस्थल पुगेका थिए। पौडेलको स्वागतका लागि नेपाली जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङ, गैरआवासीय नेपाली संघ यूरोप संयोजक कुल आचार्य, सल्लाहकार विश्वआर्दश पण्डित लगायत विमानस्थल पुगेका थिए।

पौडेल नेपाली जनसम्पर्क समिति नेदरल्याण्ड र बेलायतको आयोजनामा हुने स्वागत तथा अन्तरकृया कार्यक्रममा सहभागी भएर हुने बताएको छ। उनी आगामी दुई साता यूरोपस्थित पार्टी संगठन तथा वेलायतस्थित बिभिन्न संघसँस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने भएका छन्।

प्रकाशित: २७ माघ २०७३ ०७:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App