६ वैशाख २०८१ बिहीबार
कला

प्रेमकथामा मधु मालती

काठमाडौं- प्रेमकथामा आधारित रहेर फिल्म 'मधु मालती' निर्माणको घोषणा गरिएको छ। तारा शंकर फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा शिशिर चालिसेको लेखन र निर्देशन रहनेछ। फिल्म युनिटले राजधानीमा पत्रकार सम्मेलन गरी फागुन १५ गतेदेखि सुटिङ थाल्ने जानकारी दियो। निर्देशक चालिसेले लामो समयको अनुभवलाई फिल्ममा प्रयोग गर्ने बताए। नायक अनुरूप पोखरेलले फिल्मका लागि आफूले तौल घटाएको खुलाउँदै फिल्ममा काम गर्ने इच्छा पूरा भएको बताए।

फिल्ममा अनुरूपसँगै कुसुम नेपाल, सबिना थापा, केशव भट्टराई, रूपा रानालगायतका कलाकारको मुख्य भूमिका रहनेछ। शंकर कार्की निर्माता रहेको फिल्ममा श्याम खड्का सहनिर्माता छन्।

फिल्ममा नवराज उप्रेतीको छायांकन, प्रितम पाण्डेको सम्पादन, दावा दोर्जे लामा र मिलन सुर्खेतीको संगीत हुनेछ। फिल्मको छायांकन काठमाडौ, इलाम र हेलम्बुमा गरिने कार्यक्रममा जानकारी गराइयो।

प्रकाशित: २८ माघ २०७३ ०३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App