८ वैशाख २०८१ शनिबार
राजनीति

नेतालाई चुनाव लाग्यो, विद्यार्थीलाई छैन

पाँचथर- क्याम्पसमा विद्यार्थीहरुको पक्षमा आवाज उठाउने संस्थाको रुपमा मानिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनावले जिल्लाको उच्च शैक्षिक प्रतिष्ठान पाँचथर बहुमुखि क्याम्पसमा रौनकता सुरु भएको छ। विभिन्न संगठनका केन्द्रीय तथा जिल्ला तहका विद्यार्थी नेताहरु स्ववियू निर्वाचको मिति घोषणा भएपछि सक्रियताका साथ क्याम्पसमा खटिएका छन्। विद्यार्थी नेताहरुलाई व्यापक रुपमा स्ववियू निर्वाचन लागेपनि आमविद्यार्थी माझभने खासै रौनक छैन।

अरुबेला क्याम्पसमा पातलो उपस्थिती देखाउने नेताहरु विहान देखि वेलुकासम्मनै क्याम्पसमा सक्रिय छन्। विभिन्न तहमा संगठन विस्तार, सदस्यता विस्तार, भेटघाटमा सक्रिय भएका देखिन्छन्। क्याम्पस आसपास विद्यार्थी संगठनका प्रचार सामाग्रिले भरीएका छन् ।

विद्यार्थीहरुमा भने खासै चुनावी मानसिकता देखिदैन। ‘यि नेताहरु दिनै आएर अलमल्याएर जान्छन् । खै आफूलाई त यादैपो लाग्दैन। अरुवेला खासै देखिदैन थे। हामीत क्लास लिने हो जाने हो’ क्याम्पसको विसौनीमा एक विद्यार्थी शुक्रवार आफ्ना साथिहरुसँग गफिदै थिईन। यस किसिमको प्रतिक्रिया प्रसस्त सुन्न पाईन्थ्यो । क्याम्पस आसपासमा विद्यार्थी संगठनहरुले सम्पर्क कार्यालय खोलेका छन्। चुनावका लागि कार्यक्रम अघि बढाइएको क्याम्पस प्रमुख खेम खतिवडाले जानकारी दिए।  खतिवडाका अनुसार संगठन दर्ताका लागि फाल्गुन–१ गतेसम्मलाई समय तोकिएको छ । शुक्रवारसम्म तीन संगठन दर्ता भएका छन्। कांग्रेस भातृ संगठन नेविसंघ, एमाले भातृ संगठन अनेरास्वीयू , माओवादि केन्द्रको भातृ संगठन अनेरास्वीयू क्रान्तिकारी दर्ता भएका छन् । पूर्ण समानुपातिकको माग राखिरहेको संघीय लिम्बुवान मञ्चको भातृ संगठन लिम्बुवान विद्यार्थीमञ्चपनि दर्ता गरीने नेता दिपक खनालले बताए। आफ्ना केहि माग पुरा भए चुनावमा भाग लिने उनले बताए । संघीय समाजवादी फोरम र विप्लव नेतृत्वको माओवादिको विद्यार्थी संगठनले यहि अवस्थामा चुनावमा नगराउन भन्दै विज्ञप्ति जारी गरेका छन्। चुनावमा मुख्य तीन संगठनको प्रतिस्पर्धा हुने देखिदै छ । अघिल्लो चुनावसम्म कडा रुपमा देखापरेको राप्रपा निकट राप्रविसंघको चहलपहल भने क्याम्पसमा देखिएको छैन ।

माघ–१५ पछि भर्ना भएकालाई चुनावमा भाग लिन दिन नहुने माग अनेरास्वीयूले राखेको छ। संगठनहरुकै सहमतिमा केहि दिन भर्ना अवधि थपिएपनि अनेरास्वीयूले पछिल्ला दिनमा विरोध जानाउँदै छ । शुक्रवार यो विषयमा क्याम्पस प्रशासन र विद्यार्थीसंगठनहरु विच बसेको बैठक विना निष्कर्ष सकिएको अनेरास्वीयू (क्रान्तिकारी) का जिल्ला अध्यक्ष जल कुमार तामाङले जानकारी दिए । जिल्लाका थर्पु, रवि र यासोकमा रहेका क्याम्पसमा विद्यार्थीसंगठन विस्तार गरीएको छ । यि क्याम्पसहरुमा तर्दथ स्ववियू बनाउने मानसिकतामा संगठनहरु छन्।

प्रकाशित: २८ माघ २०७३ ११:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App