coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

दुर्लभ संयोजन

लिसा लुकासमा एउटा दुर्लभ संयोजनको क्षमता छ। उनी एकदम ऊर्जावान् पुस्तकप्रेमी र बहिर्मुखी व्यक्ति हुन्। उनी आफूले पुस्तक पढ्दा महसुस गर्नेजस्तो अनुभव थोरै भए पनि मानिसलाई महसुुस गराउन सकेमा आफ्नो काम फत्ते हुने बताउँछिन्।

लुकासले गत वर्षको मार्च महिनामा नेसनल बुक फाउन्डेसनको तेस्रो कार्यकारी निर्देशकको रूपमा काम सुरु गरेकी हुन्। गुर्निका म्यागेजिनको प्रकाशकको रूपमा काम गरेकी यी ३७ वर्षिया लुकासले पहिलो नेसनल बुक अवार्डको पनि संयोजन गरेकी छन्। नेसनल बुक अवार्ड अमेरिकामा सन् १९५० देखि नै विभिन्न नाममा दिइँदै आएको प्रतिष्ठित साहित्यिक अवार्ड हो, जुन लेखकद्वारा लेखकलाई दिइने अवार्डको रूपमा पनि परिचिति छ। नेसनल बुक फाउन्डेसनकी निर्देशकसँग डोनाल्ड ट्रम्पका लागि केही पढ्ने पुस्तकहरूको सिफारिस पनि छ।

यी पुस्तकप्रेमी नेतृत्वकर्तालाई कुनै पुस्तकको विज्ञापन वा प्रशंसा गर्न भने भनिएको छैन। कुनै पुस्तकको प्रशंसा गरेर केही लेख्न भनिएको पनि छैन। त्यसो त उनलाई आफूले त्यसो गर्न सक्छिन् कि सक्दिनन् भन्ने पनि थाहा छैन। 'तर म एउटा कुरा के भन्न सक्छु भने मैले कुनै पनि पुस्तकलाई जरुरी वा अत्यावश्यक भन्ने छैन,' उनी भन्छिन्।

फाउन्डेसनको खास काम नेसनल बुक अवार्डलाई निरन्तरता दिने र अन्य नियमित कार्यक्रमलाई सञ्चालन गर्ने भए पनि उनीसँग संस्थालाई नयाँ उचाइ दिने दृढता छ। 'चलचित्र मन पराउने मानिसले ओस्कार हेर्छन्,' उनले आफ्नो नयाँ जिम्मेवारी सम्हालेको तेस्रो दिन प्रश्न गरेकी थिइन्, 'हामी किन त्यसै गरी पुस्तकको उत्सव मनाउँदैनौँ?'

गत वर्ष उनले फाउन्डेसनको निर्देशकको जिम्मेवारी लिँदा वालस्ट्रिटको उनको कार्यालय बुकसेल्फले भरिएको थियो। सन् २०१६ को नेसनल बुक अवार्डको नोमिनेसनमा परेका पुस्तकहरूले उनको कार्यालय भरिएको थियो। हरेक वर्ष नोभेम्बरमा प्रदान गरिने यो अवार्डको तयारी हुँदै थियो।

'मेरो लागि यो सधैँ पुस्तकहरूको ओस्कारजस्तै लाग्छ,' उनले आफ्नो अगाडिको प्रश्नसँग जोड्दै भनिन्, 'हामीकहाँ त्यस्तो महसुस गर्न सक्ने अरु धेरै मानिस चाहिएको छ।'

लुकासले उनको पहिलो नेसनल बुक अवार्ड सिजन र पठनको भविष्यको बारेमा टाइमसँग कुराकानी गरेकी छन्। उनी नेसनल बुक फाउन्डेसनको शीर्ष नेतृत्वमा पुग्ने पहिलो महिलामात्र होइनन्, पहिलो कालो वर्णको व्यक्ति पनि हुन्। यी दुवै कुरामा पहिलो हुँदा आफूले महसुस गरेको कुरा उनले अन्तर्वार्तामा बाँडेकी छन्।

सामान्यतयाः यस्तो हुँदा आफूलाई गौरव महसुस हुने भए पनि लुकासलाई यो दुखद लाग्छ। यसले आफ्नो व्यक्तिगत करियरमा महत्व राखे पनि त्यति सुखद कुरा नभएको उनी बताउँछिन्। 'सन् २०१७ सम्म पनि यस्ता धेरै पहिलो पल्टका उदाहरण हुनु हुँदैन। तपाईंलाई यो कुनैखालको सफलता लाग्न सक्छ र त्यसो हो पनि। यसले आफ्नो व्यक्तिगत करियरमा महŒव राख्छ। तर, तपाईं पक्कै पनि कोठाभित्र एक्लै रहन चाहनु हुन्न,' उनी भन्छिन्।

उनको नेतृत्वको पहिलो नेसनल बुक अवार्डका चार जना विजेतामध्ये तीन जना कालो वर्णका थिए। यो देख्दा लुकास व्यक्तिगत रूपमा खुसी मान्छिन्। यसमा ग्रामीण पृष्ठभूमिका मानिस, उत्कृष्ट विश्वविद्यालयमा नगएका अथवा प्रोफेसर हुन नसकेका, साथै एसियन अमेरिकन, ल्याटिनोहरू पनि भएको उनी बताउँछिन्। विभिन्न पृष्ठभूमिबाट आएका मानिसले उनीहरूको कामको उत्सव मनाएको देख्दा उनलाई रमाइलो पनि लाग्छ। 'तर, के यो असामान्य हो? मेरो विचारमा हामी हाम्रो अमेरिकी नागरिकको उत्तम निकायजस्तै देखिने उत्तम साहित्यको राष्ट्रिय निकाय चाहन्छौँ,' उनी थप्छिन्।

नयाँ राजनीतिक युगमा अमेरिकी साहित्यको भूमिकाको बारेमा पनि लुकासले टाइम म्यागाजिनसँगको अन्तर्वार्तामा बोलेकी छिन्। मानिस आफूलाई 'पोस्ट फ्याक्ट' हौँ भनिरहन्छन्, तर उनको  विचारमा पुस्तकहरू यस्तो विशेष स्थान हुन् जहाँ हामी आफू बसिरहेको संसारको बारेमा बु‰न जान्छौँ।

त्यसो त उनी अमेरिकाका निवर्तमान राष्ट्रपति बाराक ओबामाको खुलेर प्रशंसा गर्छिन्। पुस्तक प्रेमी र गजबको पठन बानी भएको ओबामाजस्तो व्यक्ति राष्ट्रपति हुुनु अमेरिकीहरूका लागि निकै भाग्यशाली कुरा भएको उनी बताउँछिन्। 'उनले उपन्यासहरू पढ्नाले आफू अझ राम्रो नागरिक हुन सहयोग पुगेको बताउँथे,' ओबामालाई सम्भि्कँदै उनी भन्छिन्। उनी नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले पुस्तक प्रेमीका कथाहरूमा, जीवन र साहित्यमा रूचि राख्छन् भन्ने आशामात्र राख्न सक्छिन्। उनले फाउन्डेसनले मनाएका केही पुस्तक पढ्नका लागि नयाँ राष्ट्रपतिलाई  सिफारिस गर्ने छिन्। उनको सिफारिस सूचीमा परेका पुस्तक यी हुन्ः क्लाउडिया रान्किनको सिटिजन, जोन लेविस, एन्ड्रु आयडिन र नेट पावेलको मार्च, अर्ली रसेल नोच्सचाइल्डको स्ट्रेन्जर्स इन दियर ओन ल्यान्ड र इब्राम एक्स केन्डीको स्ट्याम्प्ड फ्रम दि बिगिनिङ।

पिउ रिसर्चले सन् २०१५ मा गरेको एक सर्वेक्षणमा सहभागी २७ प्रतिशत अमेरिकी वयस्कले पछिल्लो एक वर्षमा एउटा पनि पुस्तक नपढेको बताए। लुकास यसलाई ती २७ प्रतिशतको दोष नभएको बताउँछिन्। पुस्तकहरू प्रकाशित गर्ने र बजार बनाउने मानिसले २७ प्रतिशतले आफ्नो उत्पादनको बारेमा केही चिन्ता लिँदैनन् भन्ने सोच्ने उनी बताउँछिन्। 'तपाईंले सच्याउन सुरु गर्नुपर्ने पहिलो ठाउँ त्यही हो। हरेक पाठकले पढ्छ भन्ने अनुमान लगाउनुहोस्,' उनी भन्छिन्। अहिले मानिसले पुस्तक नै नपुगेको ठाउँ अर्थात् पुस्तक मरुभूमिको बारेमा निकै कुराकानी गर्ने गरेको उदाहरण दिँदै लुकास थप्छिन्, 'यस्ता ठाउँहरूमा पुस्तकको पहुँच छैन। हामीले कसरी यस्तो समुदायमा पुस्तक भण्डारहरू खोल्न मानिसलाई प्रेरित गर्न सक्छौँ।'

उनले नेतृत्व गरेको यो गैरसरकारी फाउन्डेसनले नेसनल बुक अवार्डका विजेता र अन्तिम प्रतिस्पर्धीलाई विद्यार्थीसम्म लैजाने र अन्तर्क्रिया गराउने काम गर्छ। लाइफ टाइम अचिभमेन्ट र नवीनतम पठन कार्यक्रमसँगै न्युयोर्कमा पढ्ने शृंखला पनि सञ्चालन हुने गर्छ। कार्यकारी निर्देशकको रूपमा उनलाई यी कार्यक्रमहरूलाई निरन्तरता दिने र विस्तार गर्ने जिम्मेवारी दिइएको छ। संस्थाको वित्तीय अवस्था मजबुत राख्नुपर्ने चुनौती पनि उनमै छ। संस्थामा छ जना पूर्णकालीन कर्मचारी छन् भने वार्षिक बजेट १० लाख अमेरिकी डलरभन्दा धेरै छ। यो खर्च उठाउने विषय साहित्यिक योग्यता भएका धेरै कर्मचारीका लागि कठिन काम हो।

तर, लुकासका लागि यो गाह्रो काम होइन। 'मैले सधैँ स्रोत उठाउने काम गरेँ,' उनी थप्छिन्, 'म २१ वर्षको हुँदा सुरु गरेको पहिलो काममा मैले स्टेपेनउल्फ थिएटर कम्पनीका लागि स्रोत जम्मा गर्ने काम गर्थें।' स्रोत जम्मा गर्ने जिम्मेवारी आफ्नो करियरमा सधैँ गरेको पनि बताउँछिन्।

व्यवस्थापन, स्रोत परिचालनको जिम्मेवारी सम्हाल्ने मात्र होइन, लुकास पुस्तकहरू पनि उत्तिकै पढ्छिन्। सन् २०१६ मा उनले पढेका पुस्तकमध्ये एउटा छान्नुपर्दा उनी मैले सीई मोर्गनको दि स्पोर्ट अफ किङ्स छान्छिन्, जुन उनको विचारमा गज्जबको थियो। अवश्य पनि उनलाई सन् २०१६ मा सबैभन्दा मन परेको पुस्तक नेसनल बुक अवार्ड विजेताहरूमध्ये एक थियो। म्यागु डेसमन्डको इभिक्टेड पनि उनका मन परेको पुस्तकमध्ये एउटा हो। 'हामीले जुनसुकै बेला पनि आमकाराबासको कुरा गर्छौं, तर यो डरलाग्दो समस्या हो। हामीले यसको बारेमा पहिलेभन्दा दुई सय प्रतिशत धेरै कुरा गर्नुपर्छ। तर, हामी अस्थिर आवासको बारेमा कुरा गर्दैनौँ,' उनी पुस्तकको सन्दर्भमा भन्छिन्।

त्यसो त, साहित्य र पुस्तकले मानिसको जीवनमा कुनै न कुनै परिवर्तन ल्याएको हुन्छ वा प्रभाव पनि पारेको हुन्छ। पुस्तकहरूले उनको जीवनमा पनि परिवर्तन ल्याएका छन्। 'मलाई पहिलेको लिसा लुकासबाट नयाँ लिसा लुकास भयौ भनेर भन्नेखालको प्रभाव पारेको कुनै पुस्तक नभए पनि कतिपय अवस्थामा आफू बचेको वा प्रोत्साहित भएको महसुस भने गरेकी छु,' उनी भन्छिन्। ग्याब्रियल गार्सिया मार्खेजले आफूलाई 'पुस्तकहरूले ठूलो संसारको परावर्तन दिन सक्छन्' भन्ने बु‰नमा सघाएको उनी बताउँछिन्। कलेज र स्कुलमा रहेका बेला पढेका पुस्तकले आफूलाई केही राम्रा कामलाई माया गर्न सक्छु भन्ने सिकाएको उनको भनाइ छ। 'सिस्टर क्यारी वा अन्ना क्यारेनिना वा दियर आइज योर वाचिङ गड। ह्वाइट टिथ अर्को हो जसले लेखनमा केही पहिचान भएको मलाई महसुुस गरायो। अनि, जेम्स बाल्डविन, जो काला थिए, उनका आवाजले तपाईंलाई तपाईंमात्र एक्लो हुनु हुन्न, तपाईं पागल पनि हुनु हुन्न भन्ने कुरा सम्झायो,' उनी भन्छिन्।

बाल्यकालदेखि नै पुस्तकमा लगाव भएकी उनी सानो छँदै माता–पिताको सम्बन्धबिच्छेद भएको थियो। उनी आफ्नी आमासँग बसिन् भने बुवालाई भेट्न हरेक साता उनकै घर जान्थिन्। उनका बुवाले किशोरावस्थादेखि नै माइल्स डेभिजसँग गितार बजाउन सुरु गरेका थिए। पछि उनले ग्रामी अवार्डसमेत प्राप्त गरे भने म्याडोनाले आफ्नो सुरुवाती दिनमा न्युजर्सीमा रहेको उनको बुवाको स्टुडियोमा गीत रेकर्ड गराएकी थिइन्। तर, लिसालाई संगीतमा खास चासो रहेन।

यी पुस्तकप्रेमी नेतृत्वकर्तालाई कुनै पुस्तकको विज्ञापन वा प्रशंसा गर्न भने भनिएको छैन। कुनै पुस्तकको प्रशंसा गरेर केही लेख्न भनिएको पनि छैन। त्यसो त उनलाई आफूले त्यसो गर्न सक्छिन् कि सक्दिनन् भन्ने पनि थाहा छैन। 'तर म एउटा कुरा के भन्न सक्छु भने मैले कुनै पनि पुस्तकलाई जरुरी वा अत्यावश्यक भन्ने छैन,' उनी भन्छिन्।

पुस्तक र साहित्यका फ्यानको जस्तै लिसा लुकासको एउटा फ्यान्टासी बुक क्लब छ। त्यसमा के हुन्छ होला त भन्ने टाइमको प्रश्नमा उनी भन्छिन्, 'बाल्डविन पक्कै पनि एक जना हुन्, यद्यपि उनी छुच्चो हुन्छन् जस्तो देखिन्छन्। डोरोथी पार्कर, इलेनर रुजबेल्ट, जोरा निल हर्स्टन पनि निकै रमाइली छन् जस्तो लाग्छ।'

एजेन्सीको सहयोगमा

प्रकाशित: २९ माघ २०७३ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App