४ वैशाख २०८१ मंगलबार
कला

विमान अपरहणको वृत्तचित्र इटहरीमा देखाइने

इटहरी- देशमा प्रजातन्त्रको स्थापनाका लागि गरिएको शसस्त्र आन्दोलनको क्रममा भएको विमान अपरहण सम्बन्धीको वृत्तचित्र इटहरीमा यही फागुन ७ गते प्रर्दशनी गरिने भएको छ।

काँग्रेसका दिंवगत नेता गिरिजाप्रसाद कोइरालाको मुख्य योजनामा भएको जहाज अपरहण सम्बन्धी वृत्तचित्र 'हाईज्याकिङ्ग फर डेमोक्रेसी' नेपालमै पहिलो पटक इटहरीको आई सिनेमा प्रर्दशन गर्न लागिएको हो।

संयोजन संस्था युथ फर युथले शनिबार इटहरीमा पत्रकार सम्मेलन गरि प्रजातन्त्र दिवसको अवसर पारेर वृत्तचित्त प्रर्दशनी गर्न लागेको जनायो । युथ फर युथ संस्थाका अध्यक्ष मन्दिप भट्टराईका अनुसार, वृत्तचित्र हेर्नका लागि शुल्क समेत लाग्नेछ।

पञ्चायत विरुद्ध आन्दोलन छेडेको समयमा आर्थिक अभावले कमजोर बनेपछि २०३० साल जेठ २८ गते भारतीय तीस लाख नगद र यात्रु बोकेर बिराटनगरबाट काठमाडौंका लागि उडेको नेपालको सरकारी ध्वजाबाहक जाहाज अपहरण गरि भारतको फारवेसगञ्जमा अवतरण गराइएको थियो।

दक्षिण एशियामै पहिलो पटक भएको त्यो जाहज अपहरणको योजना दिंवगत काँग्रेस नेता कोइरालाले गरेका थिए भने कमाण्ड दुर्गा सुवेदीले गरेका थिए। त्यतिबेलाका प्रधानमन्त्री कृतिनिधी बिष्ट, अपहरणका योजनाकार कोइराला, कमाण्डर दुर्गा सुवेदी, जाहाजका चालक, यात्रु, फारवेसगञ्जमा जाहाज ल्याण्ड भएको देख्ने व्यक्ति, अपहरणमा संलग्न व्यक्तिहरुको भनाई वृत्तचित्रमा समेटिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

वृत्तचित्र पत्रकार जगत नेपालको निर्देशनमा द कम्युनिकेटरले बनाएको हो। ४७ मिनेटको वृत्तचित्र आईसिनेमा दुई सोमा  देखाईनेछ।

 

प्रकाशित: २९ माघ २०७३ ११:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App