coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

ब्रिटिश मोडलले स्तनपान गराएको तस्बिर सार्वजनिक गरेपछि...

लण्डन– स्तनपान गराउँदै गरेको आफ्नो तस्बिर सार्वजनिक गरेपछि ब्रिटिश मोडल तमारा एकलेस्टनमाथि ‘अभद्रता’को आरोप लागिरहेको छ। उनका यी तस्वीरले फेरि एक पटक पुरानो बहजलाई ताजा गराएको छ– के महिलाले सार्वजनिक रुपमा स्तनपान गराउनु हुन्छ ?

३२ वर्षीया एकलेस्टनले बुधबार इन्स्टाग्राममा दुई वर्षकी सोफियालाई स्तनपान गराइरहेको तबिर सार्वजनिक गरेकी थिइन्। र, के नर्सिङलाई निजी घेराबाट बाहिर जान दिनु हुँदैन ? भनेर मानिसहरुलाई सोधेकी छन् । केही प्रसंशकले उनको त्यस्तो तस्बिरलाई लिएर निन्दा गरे। पछि, उनले फेरी अर्को त्यस्तै अर्को तसस्बिर पोष्ट गरिन् । त्यसपछि झनै ठूलो विरोध देखियो ।आफ्नो तस्बिरको व्याख्या गर्दै तमाराले स्तनपान बात्सल्य तथा पालन–पोषणको सशक्त प्रतिक भएको बताएकी छन्। उनले दुःख पोख्दै भनेकी छन्– ‘बात्सल्यको प्रतिकलाई मानिसहरुले लज्जाको विषय बनाइ दिए।’

यद्यपी, उनका यस्ता तस्बिरप्रति सहमतिको भाषामा इन्स्टाग्राम प्रयोगकर्ताले लेखे, ‘मानिसहरुले बच्चालाई तेल लगाउँदै गरेको तस्बिर पनि सामाजिक सञ्जालमा सार्जजनिक गर्न मिल्दैन, किनकि मासिहरुले देख्न सक्छन्।’

एक व्यक्तिले भने नवजात शिशुलाई स्तनपान गरेको तस्बिर सार्जनिक गर्नु सही मान्न सकिए पनि २ वर्षकी शिशुलाई स्तनपान गराएको तस्बिर सार्वजनक गर्नु उचित नदेखिएको बताएका छन् ।

तमाराले भनेकी छन्, ‘हाम्रो जमानामा एस्तो निकृष्ट किसिमको सोच दुखद् र आपत्तिजनक छ।’ केही महिलाहरुले भने तमाराका तस्बिरहरुलाई समर्थन गरेका छन्।

 

प्रकाशित: २९ माघ २०७३ ११:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App