८ वैशाख २०८१ शनिबार
समाज

आफूलाई महानिरीक्षक बनाउन माग गर्दै सिलवाल सर्वोच्चमा

काठमाडौं- बरियता क्रमको नम्बर एकमा रहेका नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल सर्वोच्च अदालत पुगेका छन्। आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गर्दै असाधारण क्षेत्राधिकार अन्तर्गतको रिटमा सिलवाल सर्वोच्च पुगेका हुन्। 

सिलवालको रिटमा प्रहरी नियमावलीको व्यवस्थाविपरीत तेस्रो बरियतामा रहेका जयबहादुर चन्दलाई सरकारले निर्णय गरेको महानिरीक्षकको नियुक्ति गैरकानुनी भएको दाबी गरिएको छ। 

वरिष्ठता, मर्यादा र अन्य प्रमाणका आधारमा आफू पहिलो नम्बरमा भएको दाबी उनको रिटमा गरिएको छ। रिटमा चन्दको नियुक्ति खारेज गरी आफूलाई महानिरीक्षकमा नियुक्त गर्न माग गरिएको छ।

सर्वोच्चले आजै चन्दको नियुक्त कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ। सिलवालको रिटमा अर्को दिन सुनुवाई हुनेछ।

सरकारले आइतबार बिहान मन्त्रिपरिषद् बैठक बसेर नेपाल प्रहरीको महानिरीक्षकमा चन्दलाई नियुक्त गरेको थियो।

प्रकाशित: १ फाल्गुन २०७३ ०७:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App