८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

बंगलादेशमा इदको प्राथनाबीच गोली चल्यो, तीन जनाको मृत्यु, १४ जना घाइते

सोलाकिया - बंगलादेशमा बन्दुकधारीले इदको प्राथना चलिरहँदा गोली चलाएपछि तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। बिहीबार इदको अवसरमा स्थानीय एक मस्जिदमा प्राथनाका लागि जम्मा भएको भीडमा बन्दुकधारीले गोली चलाएका थिए। किशोरगन्जका डेपियुटी कमिश्नर अजिमसुद्दिन विश्वासले सिएनएनसँग कुरा गर्दै हमलामा परी एक प्रहरी र स्थानीय एक महिलाको घटनास्थलमै मृत्यु भएको र एक जना प्रहरी अधिकारीको अस्पताल लैजाने क्रममा मृत्यु भएको बताए। उनले घटनामा अन्य चौध सुरक्षा अधिकारीहरु घाइते भएको बताए ।
राजधानी ढाकाबाट सय किलोमिटर उत्तर पूर्वमा पर्ने सोलाकिया भन्ने स्थानमा मुस्लिमहरुको महान् चाड इदको अवसरमा प्रथनाकालागि जम्मा भएका ३०,००० मानिसकाबीच उक्त हमलाका गरिएको थियो।

स्थानीय प्रहरी अधिकारीहरुले हमलाका योजनाकारी पहिलेदेखि नै स्थानीयका घर तथा आसपास आश्रय लिइ बसेको हुनसक्ने बताए । प्रहरीले उनीहरुले आक्रमण गर्न सक्ने भन्दै खोजी गर्दा उनीहरुले प्राथनास्थल भन्दा केही वर आक्रमण गरेका थिए ।हाल गोलाबारी रोकिएको र आक्रमणकारीको खोजी भैरहेको पनि प्रहरी बताएको छ।

यता बंगलादेशका सुचना मन्त्री हंशुल हक इनुले भने आक्रमणमा संलग्न भएका मध्य एक जनालाई प्रहरीले पक्राउ गरेको र अन्य हमलाकारी प्रहरी कारबाहीमा मारिएको बताएका छन्। उनले हमला कसले र के कारणले गर्यो भन्ने स्पष्ट नभएपनि यो हमला इस्लाम धर्म विरोधी र शेख हसिनाको सरकार विरोधीले गरेको हुनसक्ने बताए।

केही दिन अघि बंगलादेशको राजधानी ढाकाको स्थानीय एक क्याफेमा इस्लामिक स्टेट आइएसआईले नियन्त्रणमा लिई २० जनाको हत्या गरेको थियो। विगत केही समयदेखि बंगलादेशमा मुश्लिमहरु आक्रमणको निशानामा पर्दै आएका छन् ।

 

प्रकाशित: २३ असार २०७३ ०९:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App