७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

मुसासँग सर्प पराजित

एजेन्सी-अठोट गरी संघर्षमा उत्रियो भने आफूभन्दा कैयौँ गुणा बलियो शत्रुलाई पनि पराजित गर्न सकिन्छ भन्ने कुरा एउटा मुसाले प्रमाणित गरिदिएको छ । एउटा सर्पले मुसाको बच्चालाई खान लाग्दा मुसाकी आमा आएर सर्पसँग लडाइँ गरी विजयी भएको भिडियो अहिले सामाजिक सञ्जालतिर भाइरल भइरहेको छ ।

भिडियोमा एउटा सर्पले मुसाको बच्चालाई मुखमा हालेर खान लाग्छ । त्यतिकैमा मुसाकी आमा आउँछे र पछाडिबाट सर्पको पुच्छरमा अनवरत ठुङ्न थाल्छे । मुसाको तिखो दाँतले लगातार ठुङ्न थालेपछि दुःख सहन नसकेर सर्प मुख बाउन बाध्य हुन्छ । त्यही मौकामा मुख भित्रको मुसाको बच्चा बाहिर निस्किन्छ र छेउको झाडीमा लुक्न पुग्छ ।

त्यति हुँदा पनि मुसाकी आमाले सर्पलाई ठुङ्न नछोडेपछि भयभीत भएको सर्प त्यहाँबाट कुलेलाम ठोक्छ । तर, पनि मुसाकी आमाले सर्पको पीछा छोड्दिनँ र उसलाई लखेट्दै थप ठुङ्छे । सर्पलाई निकै परसम्म खेदेपछि ऊ फर्किन्छे र बच्चा मुसालाई मुखमा चेपेर सुरक्षित स्थानमा लैजान्छे ।
बेलायती पत्रिका ‘द मिरर’का अनुसार रोजास मोन्टिसिनोस नाम गरेकी युवतीले सर्प र मुसाको पौँठेजोरीलाई भिडियोमा कैद गरेकी हुन् । यद्यपि, भिडियो कहाँ खिचिएको हो भन्ने समाचारमा खुलाइएको छैन ।    

 

प्रकाशित: २३ असार २०७३ ०९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App