coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

थाई नेपाली संघमा कुमार कार्की सर्वसम्मत

कुमार कार्की। फाइल तस्विर

काठमाडौं—थाई नेपाली संघको चौथो अध्यक्षमा कुमार कार्की सर्वसम्वत रुपमा चयन भएका छन्। नेपाल, थाइल्याण्ड र बर्मा लगायतका अन्य ठाउँमा जन्मेर थाइल्याडमा बसोबास गरिरहेका गैर आवसीय नेपालीहरुको संगठन थाई नेपाली संघ हो।

कार्कीले आफ्नो कार्यकालको मुख्य काम भनेको नेपालीहरुको धर्म,संस्कृतिको प्रचार गर्ने भएको बताए।

यसअघि वरिष्ठ उपाध्यक्ष रहेका कार्की पूर्व अध्यक्ष जयन्ती पाण्डेको प्रस्तावमा सर्वसम्वत अध्यक्षमा चयन भएका हुन्। संघमा दुई लाख नेपाली सदस्य रहेका छन्। थाइल्याण्डमा विभिन्न पेशा र व्यवसाय गरे बसेका नेपालीहरुले आफ्नो हितका कार्य गर्नका लागि २०१० सालमा संघ गठन गरेका थिए।

कार्कीको कार्यकाल दुई वर्षको हुनेछ। प्रत्येक दुई वर्षमा सर्वसम्वत रुपमा नेतृत्व चुन्दै आएको संघले यसपटक कार्कीलाई चुनेको हो। संघले उपाध्यक्षमा चार जनाको नाम चयन गरेको छ। उपाध्यक्षहरुमा लक्ष्मण केसी, गोपाल लामा, ओम गौतम, घनश्याम खनाल चयन भएका छन्।

महासचिवमा विश्व धिताल,मुख्य सचिवमा विनोद लामिछाने, सहसचिवमा सोमवात राई र दिपक पराजुली चयन भएका छन्। संघले आगामी कार्यकालका लागि एक कोषध्यक्ष र दुई निरीक्षक समेत चयन गरेको छ। संघको अधिवेशनले विभिन्न विभागिय प्रमुखहरुमा पनि जिम्मेवारी तोकेको छ। संघका लागि ११ सदस्य सल्लाहाकार पनि चयन भएको कार्कीले बताए।

कार्कीले आफ्नो कार्यकालको मुख्य काम भनेको नेपालीहरुको धर्म,संस्कृतिको प्रचार गर्ने भएको बताए। बर्मा र म्यानमारमा रहेको नेपालीहरुलाई नेपालको परम्परा कायम राख्न सहयोग गर्ने, दु:खमा परेका गैरआवसीय नेपालीहरुलाई सहयोग गर्ने काममा आफू केन्द्रित हुने उनको भनाइ थियो।

बर्मामा जन्मेका कार्की थाइल्याण्डलाई कर्मभूमि बनाई विगत लामो समयदेखि व्यवसाय गर्दै अाएका छन्।

संघले २०७२ सालको महाविनाशकारी भूकम्पको समयमा राहत, पून उद्दार र पूर्न निर्माणको काम गरेको थियो। संघकै पहलमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्वर १२मा दलित माझीहरुका लागि ४८ घरधुरीको नमुना वस्ती निर्माणको गरेको थियो।

भूकम्प गए लगत्तै संघले सिन्धुपाल्चोकमा पहिलो नमुना वस्ती निर्माण गरेको थियो। पुन: निर्माणको नेतृत्व कार्की आफैले नेपाल वसेर गरेका थिए। थाइल्याडवाट नेपालीहरुले स्वतफूर्त रुपमा कमदारको भूमिका नमुना माझी वस्ती निर्माण गर्दा गरेका थिए।

प्रकाशित: २ फाल्गुन २०७३ ०८:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App