८ वैशाख २०८१ शनिबार
राजनीति

युरोपले नेपालमाथि लगाएको उडान प्रतिबन्ध फुकुवा गर्न आग्रह

काठमाडौं— परराष्ट्रमन्त्री प्रकाश शरण महतले युरोपेली परिषदका अध्यक्षसँग भेटगरी युरोपियन युनियन (ईयु) अन्तर्गतका देशले नेपालमाथि लगाएको हवाई उडान प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन्।

बेल्जियम भ्रमणमा रहेका परराष्ट्रमन्त्री महतले यूनियनका अध्यक्ष जीन क्लाउड जुकरसँग भेट गरी उडान प्रतिबन्ध हटाउनका आग्रह गरेका हुन्।

नेपाल वायु सेवा निगमले युरोपेली जहाज निर्माता एयरबसका नयाँ जहाज किनेर युरोपसम्म उडान गर्ने तयारी गरिरहेको छ। प्रतिबन्ध फुकुवा नभएसम्म निगमका जहाजले युरोप उडान गर्न सक्ने स्थिति नरहेको अवस्थामा परराष्ट्रमन्त्री महतले यो विषय उठान गरेका हुन्।

सन् २०१३ को डिसेम्बरदिख युरोपेली आयोगले नेपालमा उडान गरिरहेका सम्पूर्ण वायुसेवा कम्पनीलाई युरोपेली युनियन ९इयु० अन्तर्गतका मुलुकमा उडान गर्न निषेध गर्दै आएको छ। आयोगले युरोपेली नागरिकलाई नेपालमा दर्ता भएका जहाजमा यात्रा नगर्नसमेत आग्रह गर्दै आएको छ।

यो प्रतिबन्धका कारण अहिले कुनै पनि नेपाली वायुसेवा कम्पनीले युरोप जान र इयुभित्र उडान गर्न पाउँदैनन्। नेपालको उड्डयन सुरक्षासम्बन्धी जानकारी तथा नेपाली उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारी एवं नेपाली वायुसेवा कम्पनीका अधिकारीको भनाइ सुनेपछि इयुले नेपाली वायु सेवामाथि प्रतिबन्ध लगाएको थियो।

नेपाल वायु सेवा निगमले युरोपेली जहाज निर्माता एयरबसका नयाँ जहाज किनेर युरोपसम्म उडान गर्ने तयारी गरिरहेको छ। प्रतिबन्ध फुकुवा नभएसम्म निगमका जहाजले युरोप उडान गर्न सक्ने स्थिति नरहेको अवस्थामा परराष्ट्रमन्त्री महतले यो विषय उठान गरेका हुन्।

परिषदका अध्यक्ष क्लाउडले सो विषयलाई सकारात्मक रुपमा लिँदै नेपाल सरकारले उपलब्ध गराउने तथ्यका आधारमा निर्णयमाथि पुनःविचार गरिने बताएका थिए।

भेट अवसरमा नेपालमा पूर्वाधार विकास तथा प्रविधि विस्तारको क्षेत्रमा यूरोपियन यूनियनले गरेको सहयोगको परराष्ट्रमन्त्रीले प्रशंसा गरेका थिए। पूर्वाधार तथा सीप विकास क्षेत्रमा ईयुले निर्वाह गरेको भूमिका उल्लेखनीय भएको उनले बताएका थिए।

जवाफमा ईयु अध्यक्ष जुकरले नेपाललाई यस किसिमको सहयोग जारी राख्ने बचन दिएको ब्रसेल्सस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ५ फाल्गुन २०७३ ०६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App